कैलाली प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटेको प्रहरी टोलीले जानकी गाउँपालिका–८ भोक्सीका २४ वर्षीय सुनिल भण्डारीलाई पक्राउ गरेको हो ।
भण्डारीले चलाएको से २ प ७४९७ नम्बरको मोटरसाइलक रोकेर चेकजाँच गर्ने क्रममा उनले गुप्ताङको भागमा लुकाएर राखेको ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनले गुप्ताङको भागमा लुकाएको १५ ग्राम खैरो हेरोइन बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
अदालतबाट सात दिनको म्याद थप गराएर भण्डारीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।