बाजुरा,८ कार्तिक / बाजुराको हिमाली गाउँपालिका –६ पाडीको अवरुद्ध भएको ग्रामीण सडक युवाद्धारा पुन सुचारु गरिएको छ । अविरल वर्षाको कारण पहिरो गएपछि सो सडक गत असारको पहिलो सातादेखि अवरुद्ध बनेको थियो ।
यतिबेला यहाँका युवाहरुले मर्मत सम्भार गरेसँगै सो सडक पुन सुचारु भएको हो । लामो समयदेखि सडक अवरुद्ध भएका कारण दसैंको बेलामा पाडीका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको थियो ।
अब तिहारको समयमा भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सहज हुने हिमाली गाउँपालिका –६ का स्थानीय नरजित रावल बताउनुहुन्छ ।