काठमाडौं, १५ भादौ / युवाहरु डोको बोकेर लामवद्ध भई बाढी प्रभावित क्षेत्रमा पुगिरहेका छन् । बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र सहयोग पुर्याउन युवा टोलीले अनुकरणीय कार्य गरेका छन् ।
यीनले सडक बगाएर यातायात ठप्प भएको अवस्थामा पनि विचलित नभई युवाहरू डोकोमै राहत सामग्री बोकेर करिब ५ घण्टा पैदल हिँड्दै रसुवा र नुवाकोटको सिमानासम्म पुगेका छन्।
यस परोपकारी कार्यमा हिन्दू स्वयंसेवक संघ नेपालले सेवा इन्टरनेसनल नेपाल, जनजाति कल्याण आश्रम नेपाल, विश्व हिन्दू परिषद् नेपाल, एकल नेपाल, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र राष्ट्र सेविका नेपाललगायतका सङ्गठनहरूको लोभलाग्दो सहकार्य पाएको छ।