कविता
देश बाँच्नु पर्छ
देश मेराे स्वदेश नेपाल
बाँची रहाेस् र बाँच्नु पर्छ ।
बचाउने हाम्राे जिम्मेवारी
बैरीकाे नजरबाट
दुस्मनकाे घेराबाट ..
नालापानी देखि काँकडा सम्मकाे
ईतिहास सम्झीदै
पुर्खाकाे याेगदान सम्झिदै ..
एक ईन्च मिच्न दिदैनाै
एक ईन्च मिच्दैनाै
जाई लाग्दैनाै
आई लाग्नेलाई छाेड्दैनाै ।
तर
देश भित्रकै बैरी समय मै चिनाै
पहिचान गराै
र भनाै
देशद्राेही मुर्दाबाद
र… भनाै
जय देश , जय नेपाल !
✍️ कृतबहादुर बिष्ट, अभिनासी