• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, साउन २२, २०८३
शुक्रबार, साउन २२, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. सूचना निकालेको २४ घण्टा नबित्दै सेती अस्पतालकै सर्जन निजी अस्पतालमा, अध्यक्ष भन्छन् : आवश्यक कदम चालिन्छ

  • २. सेती प्रादेशिक अस्पतालको भनव हस्तान्तरण कार्यक्रम पत्रकारहरुले किन गरे बहिष्कार ? ९ बर्ष लाग्यो हस्तान्तरण गर्न

  • ३. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

  • ४. कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

  • ५. सांसदले निर्मलाबारे प्रश्न गर्दा किन झर्किए गृहमन्त्री गुरुङ

  • ६. पूजा धानुक मृत्यु प्रकरण: पाँच दिन बित्दा पनि अन्त्येष्टि हुन सकेन, अझै आएन पोस्टमार्टम रिपोर्ट

  • ७. कञ्चनपुरमा १६ वर्षसम्म कसैले देखेन; अर्काको नागरिकता नम्बरमा चल्दै आयो लाइसेन्स

  • ८. बर्दगोरिया गाउपालिकामा विद्यार्थी समुह बीच झडप

  • ९. आठ दिन बित्दा पनि पूजा धानुक धामीको अन्त्येष्टि हुन सकेन, धनगढीमा आन्दोलन थप सशक्त

  • १०. कैलाली एम्बुलेन्स सेवामा विकृति : सेवाका लागि दर्ता, कमाइका लागि सञ्चालन ?

‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ लाई घोडाघोडी नगरपालिकाको साथ

धनगढी २२ साउन /  सुदूरपश्चिमको मौलिक कला, संस्कृति तथा गाईजात्रा परम्पराको संरक्षणसँगै हास्य–व्यंग्यमार्फत सामाजिक सचेतना फैलाउने उद्देश्यले आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ मा घोडाघोडी नगरपालिकाको साथ र सहयोग रहने भएको छ। बैजनाथ सञ्चार प्रालिको आयोजनामा आगामी भदौ १७ गते धनगढीस्थित एस।टी।एस। सिनेमा हलमा आयोजना हुने कार्यक्रममा घोडाघोडी नगरपालिकाले सहकार्य गर्ने भएको आयोजकले जनाएको छ।

गत वर्ष पहिलो संस्करणबाट उत्साहजनक प्रतिक्रिया पाएपछि यस वर्ष कार्यक्रमलाई थप व्यवस्थित, मनोरञ्जनात्मक तथा सामाजिक सन्देशमूलक बनाउने तयारी गरिएको छ। कार्यक्रममा वरिष्ठ हास्य–व्यंग्य कलाकार तथा अभिनेतासहित सुदूरपश्चिमका चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले गाईजात्रा मनोरञ्जनको माध्यम मात्र नभई समाजमा रहेका विकृति र विसंगतिविरुद्ध आवाज उठाउने प्रभावकारी सांस्कृतिक माध्यम भएको बताए।

मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको उनको भनाइ छ। उनले सुदूरपश्चिमका कलाकारलाई प्रोत्साहन गर्नुका साथै स्थानीय कला तथा संस्कृतिको प्रवर्द्धनका लागि स्थानीय तहबाट हुने सहयोगलाई निरन्तरता दिइने बताए।

कार्यक्रमका आर्थिक संयोजक शुभेष पाठकले करिब १५ लाख रुपैयाँको लागतमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए। गत वर्षको सफलताबाट उत्साहित हुँदै यस वर्ष कार्यक्रमको प्रस्तुति, व्यवस्थापन र सामाजिक सन्देशलाई थप प्रभावकारी बनाइएको उनले बताए।

त्यस्तै, कार्यक्रमका मुख्य संयोजक सरस्वती कुमारी खड्का भट्टले सुदूरपश्चिमका कलाकारलाई सम्मानजनक मञ्च प्रदान गर्दै प्रदेशको मौलिक भाषा, कला र संस्कृतिलाई राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन्।

कार्यक्रममा व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा मौलिक लोक–सांस्कृतिक प्रस्तुतिका साथै लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेद जस्ता समसामयिक विषयलाई हास्य–व्यंग्यमार्फत प्रस्तुत गरिने आयोजकले जनाएको छ।

घोडाघोडी नगरपालिकाको सहकार्यमा आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने, स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने तथा सुदूरपश्चिमको मौलिक गाईजात्रा परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यमा केन्द्रित रहने आयोजकको भनाइ छ।

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिम गाईजात्रा सिजन–२’ को टिकट प्रायोजक कालभैरव ज्वेलर्स प्रा.लि.
यही शैक्षिक सत्रबाट गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने
देउवासम्बन्धी उपलब्ध रेकर्डहरूको अध्ययन हुँदै , नेपाल आएपछि आवश्क कदम चालिने

Recent Posts

  • सुदूरपश्चिम गाईजात्रा सिजन–२’ को टिकट प्रायोजक कालभैरव ज्वेलर्स प्रा.लि.
  • ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ लाई घोडाघोडी नगरपालिकाको साथ
  • यही शैक्षिक सत्रबाट गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने
  • देउवासम्बन्धी उपलब्ध रेकर्डहरूको अध्ययन हुँदै , नेपाल आएपछि आवश्क कदम चालिने
  • ५०० भन्दा धेरै रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.