• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, साउन २२, २०८३
शुक्रबार, साउन २२, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. सूचना निकालेको २४ घण्टा नबित्दै सेती अस्पतालकै सर्जन निजी अस्पतालमा, अध्यक्ष भन्छन् : आवश्यक कदम चालिन्छ

  • २. सेती प्रादेशिक अस्पतालको भनव हस्तान्तरण कार्यक्रम पत्रकारहरुले किन गरे बहिष्कार ? ९ बर्ष लाग्यो हस्तान्तरण गर्न

  • ३. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

  • ४. कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

  • ५. सांसदले निर्मलाबारे प्रश्न गर्दा किन झर्किए गृहमन्त्री गुरुङ

  • ६. पूजा धानुक मृत्यु प्रकरण: पाँच दिन बित्दा पनि अन्त्येष्टि हुन सकेन, अझै आएन पोस्टमार्टम रिपोर्ट

  • ७. कञ्चनपुरमा १६ वर्षसम्म कसैले देखेन; अर्काको नागरिकता नम्बरमा चल्दै आयो लाइसेन्स

  • ८. बर्दगोरिया गाउपालिकामा विद्यार्थी समुह बीच झडप

  • ९. आठ दिन बित्दा पनि पूजा धानुक धामीको अन्त्येष्टि हुन सकेन, धनगढीमा आन्दोलन थप सशक्त

  • १०. कैलाली एम्बुलेन्स सेवामा विकृति : सेवाका लागि दर्ता, कमाइका लागि सञ्चालन ?

यही शैक्षिक सत्रबाट गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने

कैलाली, २२ साउन /   सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिक सत्रमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने जनाएको छ । उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीले हाल सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिमका काम धमाधम भइरहेकाले एक महिनाभित्र गेटामा तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, शैक्षिक जनशक्ति नियुक्ति नियुक्तिलगायतका काम करिब अन्तिम चरणमा रहेको बताए ।

‘यसै शैक्षिकसत्रमा चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । त्यसअनुसार आवश्यक बजेट व्यवस्थापन भई अन्य सैद्धान्तिक तथा प्राविधिक प्रक्रिया पनि अगाडि बढिसकेका छन्,’ उनले भने ।

प्रा डा जोशीले सुदूरपश्चिम प्रदेश सरकारबाट आज चार वटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने गरी भएको निर्णयको स्वागत गरेका छन् । प्रदेश सरकारको निर्णयले सहकार्यको दायरा विस्तार गर्न महत्त्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले कैलालीको सेती, लम्कीचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो । उपकुलपति प्रा. डा. जोशीले स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनबमोजिम आवश्यकताअनुसार तीनै तहका सरकारको स्वामित्वमा रहेका अस्पतालसँग सहकार्य गर्न सकिने र आजको निर्णयले त्यसमा सघाउ पुगेको बताए ।

विश्वविद्यालयमा शिक्षण कार्य सुरु भएमा विद्यार्थीको प्रयोगात्मक शिक्षण सिकाइ र ‘एक्स्पोजर’का लागि समुदायस्तरमा समेत परिचालित हुनुपर्ने भन्दै त्यस क्रममा सबै तहका अस्पतालसँग सहकार्य गरिने उनले बताए । ‘विश्वविद्यालय भनेको निकै ठूलो संरचना हो । खासगरी चिकित्सा शिक्षामा सैद्धान्तिक र प्रयोगात्मक अभ्यासको निकै महत्व छ । त्यसैका लागि ऐनमा तीनै तहका अस्पतालसँग सहकार्य गर्ने व्यवस्था छ, प्रा. डा. जोशीले भने, ‘हाल चार वटा अस्पतालसँग सहकार्य गर्छौं । भविष्यमा आवश्यकताअनुसार यहाँका सबै अस्पतालसँग सहकार्यको दायरा विस्तार हुन्छ ।’

प्रादेशिक अस्पतालसँगको सहकार्यले विश्वविद्यालयमा शय्या विस्तारमा कुनै अवरोध नहुने भन्दै यसले पठनपाठनमा थप सहजता प्रदान गर्ने उनले स्पष्ट पारे । उपकुलपति प्राडा जोशीले प्रादेशिक अस्पतालको शय्या देखाएर विश्वविद्यालयको आफ्नै शिक्षण अस्पतालमा शय्या विस्तारमा कुनै अवरोध हुन्छ कि भन्ने संशय नराख्न सबैलाई आग्रह गरे ।

‘कतिपयमा प्रादेशिक अस्पतालको शय्या देखाएर गेटामा शय्या विस्तार हुँदैन कि भन्ने संशय पनि हुनसक्छ, तर अन्य अस्पतालसँग सहकार्य गर्ने हाम्रो आधारभूत पक्ष हो । यसले शिक्षण सिकाइको दायरालाई विस्तार गर्ने हो, यहाँ काम रोकिने भन्ने होइन,’ उनले भने ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको ऐन, २०८२ को दफा २० मा शिक्षण अस्पतालसम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा २ विश्वविद्यालयले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहअन्तर्गत सञ्चालित अस्पतालसँग सम्झौता गरी त्यस्तो अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा त्यस्तो अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्नसक्ने उल्लेख छ ।

विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले धेरै वर्षअघि गेटामा ३०० शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय हालसम्म कार्यान्वयन नभएको अवस्थामा केही आशङ्का रहेको बताए । आफूहरूको मुख्य माग शिक्षण कार्यसँगै विशिष्टीकृत अस्पताल सञ्चालन रहेकाले सोहीअनुसार दुवै काम एकसाथ अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

‘हामी प्रदेश सरकारको निर्णयमा अविश्वास गरिहाल्दैनौँ, तर यही बहाना देखाएर गेटामा पूर्ण शय्यामा अस्पताल सञ्चालन गर्ने कुरा नरोकिओस् भन्ने हाम्रो धारणा हो । सोहीअनुसार काम हुनुपर्छ । अब थप अन्यौलता बढाउनुहुँदैन,’ संयोजक पाण्डेले भने ।

विश्वविद्यलयमा यसै वर्षदेखि शैक्षिकसत्रदेखि एमबिबिएस (५० जना), बिएस्सी नर्सिङ (३० जना), बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी-२० जना) र बी अप्टोमेट्री (२० जना) कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

त्यसका लागि चिकित्सा शिक्षा आयोगमा आवेदनसमेत बुझाएर आवश्यक प्रक्रिया अगाडि बढाउनुका साथै ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित भइसकेको छ । आयोगको टोलीले आगामी भदौमा स्थलगत अध्ययन गरी बाँकी प्रक्रिया अगाडि बढाउने विषयमा आवश्यक निर्णय दिने जनाइएको छ ।

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिम गाईजात्रा सिजन–२’ को टिकट प्रायोजक कालभैरव ज्वेलर्स प्रा.लि.
‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ लाई घोडाघोडी नगरपालिकाको साथ
देउवासम्बन्धी उपलब्ध रेकर्डहरूको अध्ययन हुँदै , नेपाल आएपछि आवश्क कदम चालिने

Recent Posts

  • सुदूरपश्चिम गाईजात्रा सिजन–२’ को टिकट प्रायोजक कालभैरव ज्वेलर्स प्रा.लि.
  • ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ लाई घोडाघोडी नगरपालिकाको साथ
  • यही शैक्षिक सत्रबाट गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने
  • देउवासम्बन्धी उपलब्ध रेकर्डहरूको अध्ययन हुँदै , नेपाल आएपछि आवश्क कदम चालिने
  • ५०० भन्दा धेरै रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.