• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बिहिबार, साउन २१, २०८३
बिहिबार, साउन २१, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. सूचना निकालेको २४ घण्टा नबित्दै सेती अस्पतालकै सर्जन निजी अस्पतालमा, अध्यक्ष भन्छन् : आवश्यक कदम चालिन्छ

  • २. कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

  • ३. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

  • ४. पूजा धानुक मृत्यु प्रकरण : अन्तिम संस्कारमा अझै सहमति भएन, दुवै पक्षबीच छलफल जारी

  • ५. एसएसबी पलियाका कमान्डेन्ट राजेश्वरीको विदाईमा धनगढीबाट गएको शुभ ठाकुर सहितको टोलीले गर्यो सम्मान

  • ६. पूजा धानुक मृत्यु प्रकरण: पाँच दिन बित्दा पनि अन्त्येष्टि हुन सकेन, अझै आएन पोस्टमार्टम रिपोर्ट

  • ७. आठ दिन बित्दा पनि पूजा धानुक धामीको अन्त्येष्टि हुन सकेन, धनगढीमा आन्दोलन थप सशक्त

  • ८. पुजा धानुक मृत्यु प्रकरण: अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय कैलालीको आग्रह

  • ९. कैलाली एम्बुलेन्स सेवामा विकृति : सेवाका लागि दर्ता, कमाइका लागि सञ्चालन ?

  • १०. धनगढीमा शान्ति र सद्भावको सन्देशसहित शान्तिपूर्ण सद्भावना र्‍याली

सेती प्रादेशिक अस्पतालको भनव हस्तान्तरण कार्यक्रम पत्रकारहरुले किन गरे बहिष्कार ? ९ बर्ष लाग्यो हस्तान्तरण गर्न

धनगढी, २१ साउन /  धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निर्माण सम्पन्न भएको नयाँ भवन हस्तान्तरण कार्यक्रमका लागि बोलाइएका पत्रकारहरू लामो समयसम्म प्रतीक्षा गराइएपछि कार्यक्रम बहिषस्थलबाटै फर्किएका छन्। संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले करिब ९ वर्षपछि निर्माण सम्पन्न भएको अस्पताल भवन हस्तान्तरण कार्यक्रम बिहीबार अपराह्न ४ बजे आयोजना गर्ने तयारी गरेको थियो। सोही कार्यक्रमका लागि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बलराम जैशी भट्टको आग्रहमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवामार्फत महासंघका सहसचिव शंकर बोहराले पत्रकारहरूको समूहमा सूचना प्रवाह गरेका थिए।

सूचनाअनुसार जिल्लाका करिब १५–२० जना पत्रकार तथा अत्तरियाबाट समेत केही सञ्चारकर्मी अस्पताल पुगेका थिए। पत्रकारहरू अस्पताल अध्यक्षको कार्यकक्षमा भेला भए पनि निर्धारित समयमा कार्यक्रम सुरु भएन। त्यहाँ रहेका कर्मचारीसँग कार्यक्रमबारे जिज्ञासा राख्दा सबै सरहरू बैठकमा हुनुहुन्छ, केही समय लाग्छ भन्ने जवाफ मात्र दिइएको पत्रकारहरूले बताएका छन्। करिब एक घण्टा बितिसक्दा पनि कार्यक्रम कहिले सुरु हुन्छ भन्ने स्पष्ट जानकारी नदिइएपछि पत्रकारहरूले समयको बेवास्ता गरिएको भन्दै अस्पतालबाट फर्किएका थिए। कार्यक्रममा बोलाएर कुनै जानकारी वा समन्वय नगरेको भन्दै अस्पताल प्रशासनको गैरजिम्मेवार व्यवहारप्रति पत्रकारहरूले असन्तुष्टि जनाएका छन्।

यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बलराम जैशी भट्टले भने भवन हस्तान्तरणसम्बन्धी फाइलमा अन्तिम छलफल भइरहेका कारण कार्यक्रम केही ढिला भएको बताए। फाइल हस्तान्तरणको प्रक्रिया चलिरहेकाले पत्रकारहरूलाई केहीबेर कुर्न आग्रह गरेका थियौँ। प्रक्रिया सकिएपछि बोलाउने तयारी थियो, तर ढिलाइ हुँदा पत्रकारहरू फर्किसक्नुभएको रहेछ, उनले भने, पत्रकारहरूलाई नियतवश कुर्न लगाइएको होइन। त्यसपछि हामीले औपचारिक रूपमा भवन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका हौँ।

सेती प्रादेशिक अस्पतालको उक्त भवन निर्माणका लागि संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले २०७४ कात्तिक २८ गते रविना–थेगिम जेभीसँग १८ करोड ७४ लाख २८ हजार रुपैयाँमा सम्झौता गरेको थियो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवन विभिन्न कारणले करिब नौ वर्षपछि मात्रै निर्माण सम्पन्न भई अस्पताललाई हस्तान्तरण गरिएको छ ।

बिहिबार, साउन २१, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदले निर्मलाबारे प्रश्न गर्दा किन झर्किए गृहमन्त्री गुरुङ
सूचना निकालेको २४ घण्टा नबित्दै सेती अस्पतालकै सर्जन निजी अस्पतालमा, अध्यक्ष भन्छन् : आवश्यक कदम चालिन्छ
बर्दगोरिया गाउपालिकामा विद्यार्थी समुह बीच झडप

Recent Posts

  • सेती प्रादेशिक अस्पतालको भनव हस्तान्तरण कार्यक्रम पत्रकारहरुले किन गरे बहिष्कार ? ९ बर्ष लाग्यो हस्तान्तरण गर्न
  • सांसदले निर्मलाबारे प्रश्न गर्दा किन झर्किए गृहमन्त्री गुरुङ
  • सूचना निकालेको २४ घण्टा नबित्दै सेती अस्पतालकै सर्जन निजी अस्पतालमा, अध्यक्ष भन्छन् : आवश्यक कदम चालिन्छ
  • बर्दगोरिया गाउपालिकामा विद्यार्थी समुह बीच झडप
  • कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.