• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बिहिबार, साउन २१, २०८३
बिहिबार, साउन २१, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • २. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ३. कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

  • ४. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

  • ५. सूचना निकालेको २४ घण्टा नबित्दै सेती अस्पतालकै सर्जन निजी अस्पतालमा, अध्यक्ष भन्छन् : आवश्यक कदम चालिन्छ

  • ६. स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार

  • ७. पूजा धानुक मृत्यु प्रकरण : अन्तिम संस्कारमा अझै सहमति भएन, दुवै पक्षबीच छलफल जारी

  • ८. एसएसबी पलियाका कमान्डेन्ट राजेश्वरीको विदाईमा धनगढीबाट गएको शुभ ठाकुर सहितको टोलीले गर्यो सम्मान

  • ९. पूजा धानुक मृत्यु प्रकरण: पाँच दिन बित्दा पनि अन्त्येष्टि हुन सकेन, अझै आएन पोस्टमार्टम रिपोर्ट

  • १०. आठ दिन बित्दा पनि पूजा धानुक धामीको अन्त्येष्टि हुन सकेन, धनगढीमा आन्दोलन थप सशक्त

सूचना निकालेको २४ घण्टा नबित्दै सेती अस्पतालकै सर्जन निजी अस्पतालमा, अध्यक्ष भन्छन् : आवश्यक कदम चालिन्छ

धनगढी, २० साउन / सेती प्रादेशिक अस्पतालले कार्यालय समयभित्र आफ्ना चिकित्सक तथा कर्मचारीलाई निजी स्वास्थ्य संस्था वा क्लिनिकमा सेवा दिन रोक लगाउँदै सूचना जारी गरेको २४ घण्टा पनि नबित्दै अस्पतालकै एक चिकित्सक निजी स्वास्थ्य संस्थामा भेटिएका छन्।

अस्पतालले २०८३ साउन २० गते सार्वजनिक गरेको सूचनामा कार्यालय समयभर चिकित्सक तथा कर्मचारीले अस्पतालमै उपस्थित भएर सेवाग्राहीलाई सेवा दिनुपर्ने स्पष्ट निर्देशन दिएको थियो। कार्यालय समय उल्लंघन गरी निजी स्वास्थ्य संस्थामा कार्यरत रहेको पुष्टि भए प्रचलित कानुन तथा लागू सेवा-शर्तअनुसार अनुशासनात्मक कारबाही गरिने सूचनामा उल्लेख छ।

तर सूचना जारी भएको २४ घण्टा नपुग्दै अस्पतालका सर्जन डा. विष्णुबहादुर बुढा करिब दिउँसो ३:५३ बजे सेती प्रादेशिक अस्पतालबाहेक अन्य निजी स्वास्थ्य संस्थामा भेटिएका थिए। यद्यपि सर्जन डा. बुढाले सुरुमा आफु बाहिर गएको स्विकार गर्न मानेन।

केही जानकारी सहित शोधपुछ गर्दा आफु आर्थिक लेनदेनको लागि त्यहाँ गएको स्विकार गर्दै डा. बुढाले कुनै स्वास्थ्य सेवा दिन नगएको बताएका छन्।

यस विषयमा सेती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष बलराम जैसी भट्टसँग प्रतिक्रिया माग्दा उनले अस्पताल प्रशासनले जारी गरेको सूचनाको पूर्ण रूपमा पालना गर्न सबै चिकित्सक तथा कर्मचारीलाई आग्रह गरिएको बताए। “यदि कार्यालय समयमै बाहिर सेवा दिएको पुष्टि भए आवश्यक प्रक्रिया र कारबाही अघि बढाइन्छ,” उनले भने। उनले सबैलाई अस्पतालको निर्देशनको पालना गर्न पनि आग्रह गरेका छन्।

यसअघि अस्पताल प्रशासनले केही चिकित्सकहरू नियमित ड्युटी समयमै निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थामा कार्यरत रहेको गुनासो आएपछि सेवाप्रवाहलाई प्रभावकारी बनाउन कडाइ गरिएको जनाएको थियो। मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेद्वारा जारी सूचनामा तोकिएको कार्यसमयभर अस्पतालमै उपस्थित भई गुणस्तरीय स्वास्थ्य सेवा दिन चिकित्सकहरूलाई निर्देशन दिइएको छ।

यस्तै मेडिकल सुपरिडेन्ट डा. पाण्डेले चिकित्सकहरूले कार्यालय समयमा बाहिर गएर सेवा दिएको प्रमाणसहित गुनासो आएमा आफूहरूले त्यस विषयमा आवश्यक कदम चाल्ने बताएका छन्।

बिहिबार, साउन २१, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदले निर्मलाबारे प्रश्न गर्दा किन झर्किए गृहमन्त्री गुरुङ
बर्दगोरिया गाउपालिकामा विद्यार्थी समुह बीच झडप
कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते

Recent Posts

  • सांसदले निर्मलाबारे प्रश्न गर्दा किन झर्किए गृहमन्त्री गुरुङ
  • सूचना निकालेको २४ घण्टा नबित्दै सेती अस्पतालकै सर्जन निजी अस्पतालमा, अध्यक्ष भन्छन् : आवश्यक कदम चालिन्छ
  • बर्दगोरिया गाउपालिकामा विद्यार्थी समुह बीच झडप
  • कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते
  • चार प्रादेशिक अस्पताल दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पताल बन्ने

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.