धनगढी, १८ साउन / धनगढीको चटकपुर–राजघाट सडकखण्डमा सोमबार बिहान करिब ८ बजे बिजुलीको पोल अचानक ढल्दा मोटरसाइकल र अटो दुर्घटनामा परेका छन्। दुर्घटनामा बेलौरी नगरपालिका–५ निवासी ४५ वर्षीया आशाकुमारी चौधरी गम्भीर घाइते भएकी छन्। उनी सवार रहेको मोटरसाइकलमाथि विद्युतको पोल खसेपछि टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घाइते चौधरीलाई तत्काल उद्धार गरी धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइएको थियो। अस्पतालका इन्चार्ज जगत महतका अनुसार उनको उपचार भइरहेको छ र स्वास्थ्य अवस्थाबारे चिकित्सकको निगरानी जारी छ।
प्रहरीका अनुसार आशाकुमारी आफ्ना श्रीमान् राजकुमार चौधरीसँग ज्याला मजदुरीका लागि जाँदै थिइन्। दुर्घटनामा राजकुमार भने सकुशल रहेका छन्।