• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
सोमबार, साउन १८, २०८३
सोमबार, साउन १८, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ९. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

  • १०. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

सुदूरपश्चिमका मुख्यमन्त्री तत्काल राजीनामा नदिने, साउन २८ मा मात्रै निर्णय गर्ने

धनगढी, १८ साउन  /  सत्ता साझेदार दल एमालेले सहकार्य तोड्दै समर्थनसमेत फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री तत्काल राजीनामा नदिने मुडमा देखिएका छन् । एमाले संसदीय दलले असार ३१ मा मुख्यमन्त्री शाहलाई दिइएको समर्थन फिर्ता लिइरसकेको छ ।

मुख्यमन्त्री अल्पमतमा परिसकेको, एमाले र नेकपाबीच सत्ता सहकार्यको सहमति भइसकेको उल्लेख गर्दै नेकपाले समेत उनलाई मार्गप्रसस्त गर्न भनिसकेको छ । अल्पमतमा परे पनि मुख्यमन्त्री शाह तत्काल राजीनामा नगर्ने अडानमा छन् । ‘संवैधानिक व्यवस्थाअनुरूप निर्णय लिन्छु,’ मुख्यमन्त्री शाहले भने, ‘अझै समय छ ।’

सरकार अल्पमतमा परेपछि वा साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अभ्यास छ । मुख्यमन्त्री शाह सोही प्रावधानअनुरूप अघि बढ्ने मनस्थितिमा देखिएका छन् । ‘२८ गतेतिर निर्णय लिनु पर्ला,’ उनले भनेका छन् ।

यसअघि प्रदेशमा सत्ता सहकार्य गरिरहेका एमाले र कांग्रेसबीच सुदूरपश्चिमबाटै खटपट सुरु भएको थियो । बजेट निर्माणमा भागबण्डालाई लिएर सुदूरपश्चिमबाट सुरु भएको दुई दलबीचको खटपट सातवटै प्रदेशमा सत्ता सहकार्य टुट्ने अवस्थामा पुगेपछि एमाले र नेकपाबीच नयाँ समीकरण बनेको थियो ।

सुदूरपश्चिम सरकार हाल बजेट शून्यताको अवस्थामा छ । शाह नेतृत्वको सरकारले असार १ मा ल्याएको बजेट एमालेकै असहयोगका कारण पारित हुन सकेन ।

साउन १ देखि सुदूरपश्चिम सरकार बेखर्ची अवस्थामा छ । बजेट नभएको अवस्थामा प्रदेश सरकारले कुनै पनि खर्च गर्न नपाउने अवस्था छ । ‘अत्यावश्यक खरिदका कार्य उधारोमै गर्नु पने अवस्था छ,’ आर्थिक मामिला मन्त्रालयका उपसचिव धनबहादुर रोकायाले भने, ‘बजेट कहिले आउने हो ठेगान छैन ।’

सोमबार, साउन १८, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा बिजुलीको पोल ढल्दा मोटरसाइकल दुर्घटनामा परी महिला गम्भीर घाइते
बैतडीमा अवैध बिँडी बरामद
कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

Recent Posts

  • धनगढीमा बिजुलीको पोल ढल्दा मोटरसाइकल दुर्घटनामा परी महिला गम्भीर घाइते
  • सुदूरपश्चिमका मुख्यमन्त्री तत्काल राजीनामा नदिने, साउन २८ मा मात्रै निर्णय गर्ने
  • बैतडीमा अवैध बिँडी बरामद
  • कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.