• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ९. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • १०. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

धनगढीमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप, विजेतालाई एक लाख रुपैयाँसम्म पुरस्कार

धनगढी, १५ साउन / सुदूरपश्चिम प्रदेशमै पहिलोपटक राष्ट्रियस्तरको पावरलिफ्टिङ प्रतियोगिता धनगढीमा आयोजना हुने भएको छ। ब्ल्याक स्टोन फिटनेस धनगढीले आगामी असोज १७ गते (३ अक्टोबर २०२६) ‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप’ सञ्चालन गर्ने घोषणा गरेको हो।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै आयोजकले प्रतियोगिता धनगढीस्थित सिद्धार्थ कटेजमा हुने जनाएको छ। गत वर्ष आयोजना गरिएको ‘ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता, फारवेस्ट स्ट्रङ्गेस्ट म्यान एन्ड वुमन’बाट प्राप्त अनुभवका आधारमा यसपटक राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागिएको प्रतियोगिता संयोजक ज्ञानेन्द्रराज पाण्डेले बताए।

प्रतियोगिता वर्ल्ड पावरलिफ्टिङको नियमअनुसार सञ्चालन हुनेछ। खुला पुरुष, खुला महिला, पुरुष मास्टर्स र पुरुष जुनियर्स गरी विभिन्न तौल तथा उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। खुला पुरुषतर्फ ६ तथा खुला महिलातर्फ ४ तौल समूह रहनेछन् भने ४० वर्षमाथिका खेलाडीका लागि मास्टर्स र २३ वर्षमुनिका खेलाडीका लागि जुनियर्स विधा समावेश गरिएको छ। यससँगै प्रतियोगितामा कुल १२ समूहमा प्रतिस्पर्धा हुनेछ।

आयोजकका अनुसार खुला पुरुष तथा महिलाका प्रत्येक तौल समूहमा स्वर्ण, रजत र कांस्य पदक विजेताले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। मास्टर्स र जुनियर्सतर्फका समग्र विजेताले पनि सोही पुरस्कार पाउनेछन्। साथै समग्र उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही एक–एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। पदक, उपहार सामग्री र नगदसहित प्रतियोगिताको कुल पुरस्कार राशि १५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन प्रत्येक खेलाडीले पाँच हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ। दर्ता प्रक्रिया र समयसीमासहितका थप विवरण ब्ल्याक स्टोन फिटनेसको आधिकारिक फेसबुक पेज तथा इन्स्टाग्राममार्फत सार्वजनिक गरिने जानकारी दिइएको छ।

प्रतियोगितामा वर्ल्ड पावरलिफ्टिङबाट प्रमाणित निर्णायक रहने आयोजकको भनाइ छ। यसले प्रतियोगितालाई निष्पक्ष, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

संयोजक पाण्डेले प्रतियोगिताको उद्देश्य केवल प्रतिस्पर्धा गराउनु मात्र नभई युवालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नु रहेको बताए। उनका अनुसार नियमित व्यायाम, सन्तुलित खानपान र खेलकुदमार्फत युवालाई दुर्व्यसनबाट टाढा राख्दै सकारात्मक जीवनशैली विकास गर्ने अभियानका रूपमा प्रतियोगिता आयोजना गरिएको हो।

पत्रकार सम्मेलनमा आफ्नै जीवन अनुभव सुनाउँदै पाण्डेले आफू विगतमा दुर्व्यसनमा फसेको भए पनि जिम र फिटनेसकै माध्यमबाट जीवनमा ठूलो परिवर्तन ल्याउन सफल भएको बताए। उनले ४६ वर्षको उमेरमा नेपालका तर्फबाट एसियन पावरलिफ्टिङ प्रतियोगितामा स्वर्ण पदक जितेको अनुभव सुनाउँदै व्यायामले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

आयोजकले देशभरका पावरलिफ्टिङ खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आह्वान गर्दै यस प्रतियोगिताले नेपाली खेलाडीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुजा धानुक मृत्यु प्रकरण: अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय कैलालीको आग्रह
एसएसबी पलियाका कमान्डेन्ट राजेश्वरीको विदाईमा धनगढीबाट गएको शुभ ठाकुर सहितको टोलीले गर्यो सम्मान
बडीकेदारकी तत्कालीन उपाध्यक्ष बोहरालाई थुनामा राख्न अदालतको आदेश

Recent Posts

  • पुजा धानुक मृत्यु प्रकरण: अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय कैलालीको आग्रह
  • धनगढीमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप, विजेतालाई एक लाख रुपैयाँसम्म पुरस्कार
  • एसएसबी पलियाका कमान्डेन्ट राजेश्वरीको विदाईमा धनगढीबाट गएको शुभ ठाकुर सहितको टोलीले गर्यो सम्मान
  • बडीकेदारकी तत्कालीन उपाध्यक्ष बोहरालाई थुनामा राख्न अदालतको आदेश
  • कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको मृत्यु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.