• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ९. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • १०. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

बडीकेदारकी तत्कालीन उपाध्यक्ष बोहरालाई थुनामा राख्न अदालतको आदेश

धनगढी , १५ साउन / भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि आफैँ विशेष अदालतमा उपस्थित भएकी डोटीस्थित बडीकेदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्रकुमारी बोहरालाई थुनामा राख्न आदेश भएको छ ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको बेन्चले त्यस्तो आदेश दिएको हो । बोहराले आफूलाई तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेकी थिइन् । तर, विशेष अदालतले तारेखमा राख्न अस्वीकार गरेको छ ।

असार २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रतिवेदनका साथ उनीसहित तत्कालीन अध्यक्ष समेत प्रतिवादी रहेको मुद्दा दायर भएको थियो । तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्दलाई पनि थुनामा पठाउने आदेश भएको विशेष अदालत स्रोतले जनाएको छ । ती सहित मुद्दामा भागीरथी निर्माण सेवाका सञ्चालकसहित आठ जना प्रतिवादी छन् ।

डोटी जिल्लाकै ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् सम्बन्धी राजश्व रकम सङ्कलन नगरी हानी नोक्सानी गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । अध्यक्ष चन्द र उपाध्यक्ष बोहरा विरुद्ध १४ लाख १० हजार २४० रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर भएको थियो ।

सोही मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकराज जैशी, लेखापाल युवराज भट्ट, गाउँपालिकाका तत्कालीन शिक्षा अधिकृत विवेक देउवा र सव इञ्जिनियर दानबहादुर पछेरा, भागीरथी निर्माण सेवा कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यक्त केशवबहादुर बमविरुद्ध १४ लाख १० हजार २४० रुपैयाँ बराबरको बिगो र कैद सजायको माग गर्दै मुद्दा दायर भएको थियो ।

शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको मृत्यु
संस्थागत विद्यालयहरुले नगरपालिकाको शैक्षिक कार्यपात्रो पालना गरेनन्, कारबाही गर्ने निर्णय पनि विवादित
प्रधानमन्त्रीले भने मलाई संघीयता विरोधी नसोच्नुस्

Recent Posts

  • बडीकेदारकी तत्कालीन उपाध्यक्ष बोहरालाई थुनामा राख्न अदालतको आदेश
  • कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको मृत्यु
  • संस्थागत विद्यालयहरुले नगरपालिकाको शैक्षिक कार्यपात्रो पालना गरेनन्, कारबाही गर्ने निर्णय पनि विवादित
  • प्रधानमन्त्रीले भने मलाई संघीयता विरोधी नसोच्नुस्
  • जिल्ला प्रशासन कार्यालय कैलालीमा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.