• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
मङ्गलबार, साउन १२, २०८३
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • २. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ३. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ४. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ५. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ६. एकहोरो हेराइ खै कता छ (गजल)

  • ७. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

  • ८. विदेशबाटै निर्णय गर्दै लम्कीचुहाकी मेयर शाही, कर्मचारीमाथि कारबाहीको डण्डा 

  • ९. बैतडी समाज कैलालीद्वारा ६ जना सल्लाहकार नियुक्त

  • १०. दार्चुलामा सार्वजनिक यातायातको गाडीभाडा निर्धारण (यस्तो छ मुल्यसुची)

बेहडा बाबा मन्दिरलाई फलामका खाट (चारपाई) सहयोग

धनगढी, ११ साउन/कैलालीको धनगढी उपमहानगरपालिका–७, मनेहरास्थित बेहडाबाबा मेटल उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत बेहडा बाबा मन्दिरलाई दुई थान फलामका खाट (चारपाई) सहयोग गरेको छ।

सोमबार आयोजित कार्यक्रममा उद्योगका प्रतिनिधिले मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष खेमबहादुर चन्दलाई खाट हस्तान्तरण गरेका हुन्। उद्योगले आफ्नो आम्दानीको केही हिस्सा सामाजिक तथा धार्मिक क्षेत्रमा योगदान गर्ने उद्देश्यले सहयोग गरिएको जनाएको छ। करिब एक वर्षअघि स्थापना भएको उद्योगले उत्पादन गर्दै आएको फलामका खाट बलियो बनावट, आकर्षक डिजाइन, टिकाउपन र किफायती मूल्यका कारण उपभोक्तामाझ लोकप्रिय बन्दै गएको उद्योगकी व्यवस्थापक अनु चौधरीले बताइन्।

उनका अनुसार उद्योगमा उत्पादन हुने खाट सबै मौसमका लागि उपयुक्त छन्। गर्मीयाममा आँगन, बरन्डा तथा छतमा सहज रूपमा प्रयोग गर्न सकिने यी खाट जाडोयाममा घरभित्र पनि उत्तिकै उपयोगी हुनेछन्। गुणस्तरीय सामग्री प्रयोग गरिएकाले उत्पादनप्रति उपभोक्ताको विश्वास निरन्तर बढ्दै गएको उनले उल्लेख गरिन्।

व्यवस्थापक चौधरीले उद्योगले हासिल गरेको सफलता ग्राहकको विश्वास र बेहडा बाबाको आशीर्वादको परिणाम भएको बताउँदै व्यापारलाई नाफामुखी मात्र नभई समाजप्रति उत्तरदायी बनाउने लक्ष्यका साथ अघि बढिरहेको जानकारी दिइन्। “हाम्रो लक्ष्य गुणस्तरीय र किफायती फलामका खाट हरेक घरपरिवारसम्म पुर्‍याउनुका साथै सामाजिक तथा धार्मिक गतिविधिमा निरन्तर योगदान गर्नु हो,“ उनले भनिन्।

उद्योगका अनुसार उचित मूल्य, मजबुत संरचना र टिकाउ गुणस्तरका कारण यसको उत्पादन सामान्य परिवारदेखि होटल, होस्टेल, अस्पताल तथा विभिन्न संस्थासम्म प्रयोग भइरहेको छ। खाट हस्तान्तरण कार्यक्रममा बेहडा बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्द, सदस्य तिलक बोहरा, रमेश भट्टलाई उद्योगले हस्तान्तरण गरेको हो ।

सोमबार, साउन ११, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध सफाइका लागि खोलिने
कञ्चनपुरको भाइरल रोडबाट लागुऔषध सहित ३ जना पक्राउ
‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ भदौ १७ मा, व्यंग्यमार्फत सामाजिक सचेतना फैलाइने

Recent Posts

  • धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध सफाइका लागि खोलिने
  • कञ्चनपुरको भाइरल रोडबाट लागुऔषध सहित ३ जना पक्राउ
  • ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ भदौ १७ मा, व्यंग्यमार्फत सामाजिक सचेतना फैलाइने
  • गेटा विश्वविद्यालयमा निरन्तर सरसफाई अभियान जारी
  • विदेशबाटै निर्णय गर्दै लम्कीचुहाकी मेयर शाही, कर्मचारीमाथि कारबाहीको डण्डा 

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.