• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गोविन्द केसीको २४ औ सत्याग्रह धनगढीबाट सुरु

धनगढी, ७ साउन/डाक्टर गोविन्द केसीले धनगढीबाट सत्याग्रहमा सुरु गरेका छन् । डा केसीले (आज) बिहिबार दिउसो तिन बजेबाट धनगढी–१ मा रहेको कृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह बसेका छन् । पत्रकार सम्मेलन गरी आफ्नो माग सार्बजनिक गरी सत्याग्रह बसेका हुन् । यो उनको २४औ अनसन हो ।
सरकारले पटक–पटक भएका सहमति र आफूले अघि सारेका मागहरू कार्यान्वयनमा बेवास्ता गरेको आरोप लगाउँदै उनले यसपटक पनि आमरण अनसनको बाटो रोजेका हुन् । एक दिनअघि दार्चुलाबाट धनगढी पुगेका उनले सरकारलाई आफ्ना माग सम्बोधन गर्न पर्याप्त समय दिए पनि कुनै ठोस पहल नभएको भन्दै आन्दोलन अपरिहार्य बनेको बताए ।
केसी गेटा मेडिकल विश्वविद्यालयसँग सम्बन्धित विवादास्पद निर्णय र नियुक्ति तत्काल खारेज गर्न, निजी मेडिकल कलेजमा मापदण्डविपरीत सिट वृद्धि र छात्रवृत्ति कटौतीको निर्णय फिर्ता लिन, राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ पूर्ण रूपमा कार्यान्वयन गर्न तथा स्वास्थ्य क्षेत्रका भ्रष्टाचार र अनियमिततामा कारबाही गर्नुपर्ने पाँचबुँदे माग राख्दै प्रा. डा. गोविन्द केसीले पुनः सत्याग्रह सुरु गर्ने तयारीमा छन् ।
डा. केसीले सरकारले पटक–पटक भएका सहमति, राष्ट्रिय चिकित्सा शिक्षा ऐन र सर्वोच्च अदालतका आदेशको मर्मविपरीत चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।
डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैरनाफामूलक सार्वजनिक सेवाको क्षेत्र हुनुपर्ने उल्लेख गर्दै नेपालमा भने नीति निर्माणदेखि कार्यान्वयन तहसम्म निजी मेडिकल माफिया र तिनका प्रतिनिधिको प्रभाव बढ्दै गएको दाबी गरेका छन् । यसले ग्रामीण स्वास्थ्य सेवा, गुणस्तरीय चिकित्सा शिक्षा र सर्वसाधारणको स्वास्थ्य अधिकारमाथि गम्भीर असर परेको उनको आरोप छ ।
चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति कटौती गर्ने तथा आवश्यक पूर्वाधार नपुगेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजमा सिट संख्या वृद्धि गर्ने निर्णय गरेको भन्दै त्यसको विरोध गरिएको छ । यस्ता निर्णयले गरिब तथा जेहेन्दार विद्यार्थी चिकित्सा शिक्षा अध्ययनबाट वञ्चित हुने र केही वर्षमै सरकारी स्वास्थ्य संस्थामा चिकित्सक अभाव झन् गम्भीर बन्ने चेतावनी डा. केसीले दिएका छन् ।
गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने प्रक्रियामाथि पनि उनले प्रश्न उठाएका छन् । आईओएम वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोडलमा सञ्चालन गर्न सकिने संस्थालाई नयाँ संरचना र विवादास्पद प्रावधानमार्फत निजी स्वार्थअनुकूल बनाउन खोजिएको आरोप उनले लगाएका छन् । यस्तो कदमले सार्वजनिक सम्पत्तिको दुरुपयोग हुने र चिकित्सा शिक्षा सुधारको अभियान कमजोर बनाउने उनको भनाइ छ ।
स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीमा सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने, साथै विगतका हत्या, आगजनी, लुटपाट, भ्रष्टाचार र अपराधका घटनामा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि राखिएको छ ।

बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.