• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेश सरकारमातहतका सरकारी कार्यालय बेखर्ची बने

धनगढी, ७ साउन/सुदूरपश्चिम प्रदेश सरकारमातहतका सरकारी कार्यालय बेखर्ची बनेका छन् । प्रदेश सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि प्रदेशमातहतका सरकारी कार्यालय बेखर्ची भएका हुन् । सरकारले चालु आर्थिक वर्ष २०८३र८४ का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेट पारित नभएपछि नयाँ आव बजेट शून्यताबाट गुज्रन थालेको छ ।

सरकारले बजेट पारित गर्न नसकेपछि त्यसको नकारात्मक प्रभाव सरकारी कार्यालयले भोग्न थालेका छन् । सरकार अल्पमतमा परेकाले आफैँले ल्याएको बजेट पारित हुन सकेन । चालु आवको बजेट र कार्यक्रम पारित नभएपछि सरकारी कार्यालय बेखर्ची भएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र खत्रीले बताए ।

उनका अनुसार भौतिक पूर्वाधार कार्यालयले बहुवर्षीय योजनाको अनुगमन, निरीक्षणलगायतको कार्यका लागि कन्टिजेन्सीबाट खर्च गरिरहेको छ । कन्टिजेन्सीबाट तीन प्रतिशत बजेट खर्च गर्न पाउने अधिकार पूर्वाधार विकास कार्यालयलाई रहेको हुन्छ । बहुवर्षीय योजनाका लागि सरकारले दायित्व र स्रोत सुनिश्चित गरिसकेकाले त्यसको बजेट खर्चमा समस्या हुँदैन ।

खत्रीले भने, “गत वर्ष नै ठेक्का भइसकेको बहुवर्षीय आयोजनाको काम रोकिएको छैन । बजेट पारित भएरनभएकोसँग ठेकेदारको सरोकार पनि हुँदैन । गुणस्तरीय काम भइरहेको छरछैन भनेर अनुगमन भइरहेको छ । यसका लागि कन्टिजेन्सीबाट खर्च गर्ने प्रावधान रहेको छ ।” तर सालबसाली नयाँ योजना भने कार्यान्वनमा जान सकेका छैनन् ।

प्रदेश सरकारको बजेट खर्च अवरुद्ध भए पनि कार्यालयमा दैनिक कामकाज भइरहेका छन् । यस क्रममा कार्यालय सञ्चालन प्रयोजनका लागि विभिन्न अत्यावश्यकीय चिजदेखि लिएर सवारीसाधन सञ्चालनका लागि बजेटको खाँचो पर्छ । अहिले प्रदेशको बजेट पारित नभएपछि बजेटबिनै यस्ता कार्य भइरहेका छन् ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयका प्रमुख वासुदेव जोशीले बजेट खर्च अवरुद्ध भए पनि कार्यालयको कामकाजमा कुनै पनि रुकावट नरहेको बताए। उनले भने, “बजेट खर्च अवरुद्ध भएपछि खास गरेर विकासनिर्माणसम्बन्धी कार्य गर्ने कार्यालयलाई समस्या हो । हाम्रो कार्यालयमा त्यस्तो समस्या भएको छैन । सामान्य रूपमा चलिरहेकै छ ।”

यसअघि आव २०८१र८२ मा पनि बजेट पारित नभएपछि प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना भएको थियो । त्यसबेला दुई महिनासम्म बजेटबिनै कार्यालय सञ्चालन भएका थिए ।”

बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.