• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

टीकापुर विमानस्थल सञ्चालन सम्भावनाबारे अध्ययन गरिने : मन्त्री पौडेल

टीकापुर, ६ साउन/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको अध्ययनका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन् ।

मन्त्री पौडेलले मङ्गलबार टीकापुरका धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्ने क्रममा टीकापुर विमानस्थल, टीकापुर पार्क र पद्मप्रकाशेश्वर महादेव मन्दिरको निरीक्षण गरेका छन् ।एक दशकसम्म हवाई सेवा सञ्चालन भएको तथा दुई वर्षअघि पनि करिब छ महिना सेवा सञ्चालनमा आएको टीकापुर विमानस्थल विस्तार वा स्थानान्तरण गरेर भए पनि पुनः सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ।

मन्त्री पौडेलले स्थानीयको माग र सभामुख डोलप्रसाद अर्यालको निर्देशनअनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित विमानस्थलको अवलोकन गर्न आएको बताए ।“देशका धेरै विमानस्थल सडक विस्तारसँगै बन्द भएका छन्। अहिले स्थलगत अवलोकनका लागि आएको हुँ,” उनले, “टीकापुर विमानस्थल सञ्चालनको सम्भावना रहेसम्म नागरिक उड्डयन प्राधिकरणले योजना बनाएर काम अघि बढाउनेछ।”

विस्तार वा स्थानान्तरणको माग

इन्जिनियर रविन्द्र विष्टले विमानस्थल विस्तार गर्नुपर्ने वा पाँच वर्षअघि विमानस्थल र खेलकुदको जग्गा सट्टापट्टा गरी विमानस्थल निर्माण गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकुद मन्त्रालयले गरेको तयारीलाई मूर्त रूप दिनुपर्ने बताए ।

टीकापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष दीपेन्द्र रावलले टीकापुरको सम्भावना र स्थानीयको चाहनाअनुसार विमानस्थल सञ्चालनमा आउनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव गणेशविक्रम शाहीले हरेक पटक सरकार परिवर्तन हुँदा पर्यटनमन्त्रीको टीकापुर भ्रमण हुने तर समस्या समाधान नहुने अवस्थाले नागरिकमा निराशा पैदा भएको बताए ।

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पर्यटन प्रवद्र्धनका लागि आवश्यक प्रकृति, संस्कृति र कृषिको राम्रो संयोजन भएको क्षेत्र भएकाले देशका अन्य भागसँग जोड्न हवाई सेवाको आवश्यकता रहेको बताए ।

कैलाली क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कोमल ज्ञवालीले हवाई सेवा सञ्चालन भए टीकापुर पार्क, डल्फिन क्षेत्र, घोडाघोडी ताल र निर्माणाधीन राजकाँडा केवलकारलगायत पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने बताईन् ।

कैलाली क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य केपी खनालले टीकापुर विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाका विमानस्थलसमेत सञ्चालनमा ल्याउन सहज हुने बताए । उनले भारतसँगको नजिकको दूरीका कारण मानसरोवर यात्रु तथा माउन्टेन फ्लाइटका लागि समेत सम्भावना रहेको उल्लेख गरे ।

पार्क र मन्दिरको विकास माग

टीकापुर पार्कको अवलोकनका क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले पार्कको ऐतिहासिक, भौगोलिक र प्राकृतिक महत्त्व रहेको भन्दै नगरपालिकाले तयार पारेको १४ करोड रुपियाँको विस्तृत परियोजना प्रस्ताव कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे ।

पद्मप्रकाशेश्वर महादेव मन्दिरका अध्यक्ष विदुरलाल कास्थले मन्दिरको जीर्णोद्धार, धार्मिक क्षेत्र घोषणा, गुठी संस्थानबाट प्राप्त हुँदै आएको पूजा खर्च निरन्तरता तथा पुरातात्त्विक महत्त्वको मन्दिर भएकाले सुरक्षाको व्यवस्था गर्न माग गरे ।

जवाफमा मन्त्री पौडेलले पुरातत्त्व विभागसँग समन्वय गरी जीर्णोद्धारलगायत आवश्यक काम अघि बढाउने बताए । उनले मन्दिरबिनाका मूर्तिका लागि मन्दिर निर्माण गरी स्थापना गर्ने व्यवस्था मिलाइने जानकारी दिए । नैमिषारण्य–पद्मप्रकाशेश्वर मन्दिर–कैलास मानसरोवरबीच पौराणिक सम्बन्ध रहेको र भारत–नेपाल–चीन जोड्ने छोटो मार्गका रूपमा सेती राजमार्ग निर्माणाधीन रहेकाले यस क्षेत्रको पर्यटन सम्भावना बढ्ने अपेक्षा गरिएको छ।

टीकापुरबाट विगतमा अछाम, जुम्ला र काठमाडौँसम्म नियमित हवाई सेवा सञ्चालन हुने गरेको थियो। तत्कालीन शाही नेपाल वायुसेवा निगमका जहाज संख्या घट्दै जानु र देशमा द्वन्द्व बढेपछि हवाई सेवा प्रभावित हुँदै बन्द भएको थियो। २०८० मङ्सिरदेखि जेठसम्म तारा एयर र यती एयरलाइन्सले टीकापुर–नेपालगञ्ज–काठमाडौँ कनेक्टिङ फ्लाइटसमेत सञ्चालन गरेका थिए।

बुधबार, साउन ०६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.