धनगढी, ४ साउन/यातायात व्यवस्था कार्यालय, धनगढीका अधिकांश सेवा प्राविधिक कारणले अर्को सूचना नभएसम्मका लागि स्थागित भएका छन्।
कार्यालयले जारी गरेको सूचनाअनुसार, लाइसेन्स सेवातर्फ लाइसेन्स वितरण बाहेकका सबै सेवा तथा सवारी सेवातर्फ पटके सेवा बाहेक राजश्वसँग सम्बन्धित सम्पूर्ण सेवा हालका लागि स्थगित भएका छन्।
यसअघि यातायात व्यवस्था विभागले पनि देशभरका यातायात कार्यालयमा डेटाबेस माइग्रेसन (Database Migration) तथा प्रदेश सरकारबाट तोकिएका नयाँ दररेटको प्रविष्टि (Entry) र मिलान कार्य भइरहेकाले अत्यावश्यक कामबाहेक केही समय सेवाग्राहीलाई कार्यालयमा नआउन अनुरोध गरेको थियो।
विभागले उक्त प्राविधिक कार्य पूरा हुन करिब एक हप्ता लाग्ने जनाएको छ। कार्यालयले समस्या समाधान भएसँगै अर्को सूचना जारी गरी नियमित सेवा पुनः सञ्चालन गरिने जनाएको छ।
