• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डडेल्धुराकी बन्दनाको उपचारमा निसर्गको ३२ लाख निशुल्क, २ वर्षपछि डिस्चार्ज

धनगढी ३२ असार/डडेल्धुराकी बन्दना लिम्बु करिब दुई वर्षको निरन्तर उपचारपछि धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबाट घर फर्किएकी छन्। विसं २०८१ साउन ३१ गते घरनजिकै साइकल सिक्ने क्रममा लडेर गम्भीर घाइते भएकी लिम्बुलाई प्रारम्भिक उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। थप विशेषज्ञ उपचार आवश्यक भएपछि सोही दिन उनलाई धनगढीस्थित निसर्ग हस्पिटलमा रिफर गरिएको थियो।

अस्पतालमा भर्ना भएको भोलिपल्ट २०८१ साउन ३२ गते पहिलो शल्यक्रिया गरिएको थियो। उपचारका क्रममा उनको स्वास्थ्य अवस्थाअनुसार दुईवटा मेजर तथा माइनर शल्यक्रियासहित विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा सघन उपचार, नर्सिङ सेवा, फिजियोथेरापी तथा पुनःस्थापना सेवा प्रदान गरिएको अस्पतालका अध्यक्ष तिर्थराज पन्तले जानकारी दिए ।

लगातार उपचारपछि लिम्बुको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ। उनी २०८३ असार ३२ गतेसम्म १ वर्ष ११ महिना १ दिन अस्पतालमा उपचाररत रहेर स्वास्थ्य पुनर्स्थापनाको लामो यात्रा पूरा गरेकी हुन्।

उपचारका क्रममा ठूलो आर्थिक भार परे पनि बिरामीको पारिवारिक तथा आर्थिक अवस्थालाई ध्यानमा राख्दै अस्पतालले बाँकी रहेको ३१ लाख ५७ हजार रुपैयाँ उपचार खर्च पूर्ण रूपमा मिनाहा गरेको बिरामीकी आमा धनमाया लिम्बुले जानकारी दिईन् ।

अस्पतालका अध्यक्ष पन्तका अनुसार यो निर्णय स्वास्थ्य सेवाप्रतिको मानवीय दायित्व, सामाजिक उत्तरदायित्व र सेवामूलक प्रतिबद्धताको भावनाअनुरूप गरिएको हो। यस्तै, अस्पतालबाट घर फर्किएपछि दैनिक जीवनयापन र आवतजावत सहज बनाउन अस्पतालले उनलाई एक थान आरामदायी ह्विलचेयर पनि सहयोगस्वरूप उपलब्ध गराएको छ।

अस्पतालले उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सहयोगदाता, सञ्चारकर्मी तथा उपचार अवधिभर साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय, विशेषज्ञ तथा मानवीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

बिहिबार, असार ३२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.