• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गेटा अस्पताल अब शिक्षण अस्पतालका रूपमा

धनगढी २७ असार/कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएको छ । मन्त्रीपरिषद्ले स्वीकृति दिएसँगै सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा र स्वास्थ्यसेवाको विकासका लागि नयाँ अध्याय सुरु भएको हो । लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका अर्बौंका आधुनिक पूर्वाधार अब पूर्ण रूपमा उपयोगमा आउने अपेक्षा गरिएको छ । सरकारले सात अर्ब रुपियाँको लागतमा निर्माण गरेको गेटा अस्पतालपरिसर अब औपचारिक रूपमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएपछि स्थानीयमा खुसी छाएको छ ।

कैलालीको गेटामा २०७१ सालदेखि मेडिकल कलेज स्थापना गर्ने उद्देश्यले गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिमार्फत भौतिक संरचना निर्माण सुरु गरिएको थियो । छ सय शøयाको अत्याधुनिक अस्पताल भवन, ओपिडी तथा आकस्मिक सेवा भवन, विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक भवन, छात्रावास, चिकित्सक तथा कर्मचारी आवासलगायत ५१ हेक्टर क्षेत्रफलमा फैलिएका ४२ वटा आधुनिक संरचना निर्माण गरिएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डा। आनन्दबहादुर चन्दले गेटा अस्पताल सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्रीपरिषद्को निर्णयले सुदूरपश्चिमको स्वास्थ्य र शिक्षाको क्षेत्रमा ऐतिहासिक परिवर्तन ल्याउने बताए । उनले उपचार तथा चिकित्साशास्त्र अध्ययनका लागि अन्य प्रदेश वा विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

सुदूरपश्चिम प्रदेशको समग्र विकासमा महìवपूर्ण योगदान पु¥याउने उहाँको भनाइ छ । भौतिक संरचना निर्माण सम्पन्न भए पनि नीतिगत तथा प्रशासनिक जटिलताका कारण ती संरचनाको पूर्ण उपयोग हुन सकेको थिएन । २०८० साल कात्तिक १ गतेदेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत ५० शय्याको गेटा अस्पताल सञ्चालनमा आए पनि पूर्वाधारको अधिकांश भवन प्रयोगविहीन रहेको थियो ।

मन्त्रीपरिषद्को पछिल्लो निर्णयसँगै अस्पतालका सम्पूर्ण संरचना विश्वविद्यालयमातहतमा सञ्चालन हुने बाटो खुलेको छ । यससँगै आगामी शैक्षिक सत्रदेखि एमबिबिएससहित चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्ने वातावरण तयार भएको छ । स्थानीयवासीले सरकारको निर्णयलाई उपलब्धिका रूपमा स्वागत गरेका छन् ।

विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले सरकारले गरेको निर्णयप्रति गर्व महसुस भएको बताउनुभयो । सुदूरपश्चिमले लामो समयदेखि भोग्दै आएको चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्यसेवाको अभावलाई अन्त्य गर्ने आधार तयार भएको बताउँदै उहाँले प्रदेशभित्रै दक्ष चिकित्सक उत्पादन हुने र स्वास्थ्यसेवाको पहुँचसमेत विस्तार हुने बताए ।

शनिबार, असार २७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.