• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा साउन ८–९ गते ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ हुँदै

धनगढी, २३ असार /  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश कार्यसमितिले ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ प्रतियोगिता आगामी साउन ८ र ९ गते धनगढीमा आयोजना गर्ने भएको छ। प्रतिष्ठानले धनगढीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो। प्रतियोगिता एकल लोकदोहोरी गायनमा आधारित रहने आयोजकले जनाएको छ।

प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश अध्यक्ष भीम बिष्टका अनुसार प्रतियोगितामा गायक तथा गायिकाले व्यक्तिगत रूपमा सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताका लागि आवश्यक बाद्यवादन र कोरसको व्यवस्था आयोजकले गर्नेछ। उमेरको कुनै सीमा नराखिएकाले सबै उमेर समूहका इच्छुक कलाकारले सहभागिता जनाउन सक्ने उनले बताए।

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ र तृतीयलाई ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट प्रतिभा भएर पनि विभिन्न कारणले पुरस्कारबाट वञ्चित हुन सक्ने कलाकारलाई प्रोत्साहनस्वरूप विशेष पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष बिष्टले जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्षको समेत सहभागिता रहने तयारी गरिएको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक कलाकारले एक हजार रुपैयाँ दर्ता शुल्क तिरेर परिचय खुल्ने कागजातसहित नाम दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ। अध्यक्ष बिष्टले दोहोरी साँझहरूले नेपाली लोकगीत संरक्षण, प्रवर्द्धन तथा कलाकारलाई व्यावसायिक रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे।

कार्यक्रमको मुख्य प्रायोजक इन्द्रेणी दोहोरी साँझ रहेको छ भने सहआयोजकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलाली र कञ्चनपुर शाखा रहेका छन्।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता प्रतियोगिताले सुदूरपश्चिमका लोक प्रतिभालाई राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

बुधबार, असार २४, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.