• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मालाखेती अस्पतालमा सर्पदंशको उपचार सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा

धनगढी , २३ असार /  कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालमा सर्पदंशको उपचार सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सर्पदंशको उपचारका लागि पोर्टेबल भेन्टिलेटर सहितको तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए ।

उनले सर्पदंशको उपचारका लागि नेपाल सरकारको मापदण्ड अनुसारका सम्पूर्ण उपकरण मालाखेती अस्पतालमा पुगेको बताउँदै अहिले जडानको काम भइरहेको बताए । उनले साउन महिनामा सर्पदंशको उपचार सेवा सञ्चालनमा आउने बताए ।

उनले सर्पदंशको उपचारका लागि अस्पतालमै भएका जनशक्ति परिचालन गरिने बताए । ‘सर्पदंशको उपचारका लागि अस्पतालमा भएका भएका जनशक्तिलाई तालिम दिने काम भइसकेको छ’ उनले भने ‘सर्पदंशको लागि अस्पतालमा छुटै कोठाको व्यवस्था गरेर सेवा सुरु हुन्छ ।’ सर्पदंशको सेवा सञ्चालनका लागि प्रदेश सरकारले १० लाख लगानी गरेको उनले बताए । उनले केही उपकरण अस्पतालमै रहेको र मुख्य उपकरण पोर्टेबल भेन्टिलेटर भने सेती अस्पतालबाट ल्याइएको बताए ।

गोदावरी नगरपालिकाको १५ औँ नगर अधिवेशनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेटमार्फत पनि मालाखेती अस्पतालमा सर्पदंशको उपचार सेवा विस्तार गर्ने घोषणा गरेको थियो । सोही नीति अनुसार प्रदेश सरकारको सहयोगमा सर्पदंशको उपचार सेवा सञ्चालनको तयारीमा रहेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । सर्पदंशको उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम पनि उपलब्ध हुने सुनिश्चित भइसकेको उनले बताए । उनले औषधी संघ सरकारको आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट उपलब्ध हुने बताए ।

अस्पतालमा सर्पदंशको जटिल समस्या देखिएका बिरामीलाई भने भेन्टिलेटर सहित रेफर गरिने भएको छ । स्वास्थ्य शाखा प्रमुख अवस्थीले जटिल समस्या भएमा सर्पदंशको सुपर स्पेसिलिस्ट अस्पताल सेतीमै रेफर गर्नुपर्ने बताए । उनले पोर्टेबल भेन्टिलेटर भएकाले बिरामी सहित लग्न भेन्टिलेटर सकिने बताए । ‘प्यारामेडिक्स डाक्टर र बिरामीलाई भेन्टिलेटर सहित एम्बुलेन्समा राखेर यहाँबाट सेतीमा रेफर गर्न सकिन्छ’ उनले भने ‘बिरामीलाई सुरुवाती चरणमा गरिने सबै काम गरेर बिरामीलाई पठाइने भएकाले मृत्यु हुने जोखिम कम हुन्छ ।’ उनले सामान्य समस्या भएका बिरामीको भने मालाखेती अस्पतालमै उपचार हुने बताए ।

मालाखेती अस्पतालमा विगत लामो समय देखि सर्पदंशका बिरामीको उपचार सेवा सञ्चालनको माग गरिँदै आएको थियो । विशेष गरेर ओलानी क्षेत्रमा सर्पको बिगबिगी धेरै भएकाले नजिकैको मालाखेती अस्पतालमा सर्पदशंको उपचार भएमा बिरामीको ज्यान जोगाउन सहज हुने स्थानीयको माग थियो ।

मालाखेती अस्पतालमा सर्पदशंको उपचार सेवा सुचारु भएमा गोदावरीबासिले सहज र छिटो उपचार सेवा पाउने वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले बताए । उनले सर्पदशंको उपचार सेवाका लागि सांसद तुलसी देवकोटाको विशेष भूमिका रहेको बताए । ‘विशेष गरेर मैले र गोदावरी १० का वडाध्यक्ष ९रवीन्द्र शाही० धेरै अनुरोध गरेपछि सांसद तुलसी देवकोटाज्युले आफ्नो सांसद कोषबाट यसमा बजेट हाल्नुभएको हो’ उनले भने ‘यस विषयमा अभिमुखीकरण कार्यक्रम पनि भएको भएको थियो । सर्पदंशको सेवा साउन देखि सुरु हुने जानकारी दिइएको थियो । यो सेवा सुरु भए त धेरै राम्रो हुन्छ ।’

उनले मालाखेती अस्पतालमै सर्पदंशको सेवा सुरु भएपछि यस क्षेत्रका जनताले अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने बताए । ‘अहिले बाटो पनि सहज भएको छ । अब ओलानीको गैडीबाट २० मिनेट मै मालाखेती अस्पतालमा पुगिन्छ’ उनले भने ‘अब धेरै मानिसहरू बच्ने भए ।’

मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.