धनगढी ११ असार/सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले चलाइरहेको सरकारी गाडी धनगढीमा नालामा खसेको छ। बिहीबार धनगढी उपमहानगरपालिका–४ स्थित नवजीवन अस्पताल अगाडि रावल आफैंले चलाइरहेको गाडी सडकको विपरीत दिशातर्फ गएर नालामा खसेको हो।
गाडी नालामा खसेपछि स्थानीयवासीको सहयोगमा बाहिर निकालिएको थियो। स्थानीयको सहयोगमा गाडी निकालिएपछि रावल पुनः आफैंले उक्त सरकारी गाडी चलाएर उत्तरबेहडीतर्फ गएको प्रत्यक्षदर्शीले बताएका छन्।
