• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति सत्ता साझेदार दलभित्रै असन्तुष्टि

धनगढी, ५ असार  /  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्ता साझेदार दलभित्रै असन्तुष्टि देखिएको छ । नेकपा एमालेले बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा रहेको एमालेको संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले बजेटका विभिन्न पक्षमा छलफल गर्दै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको एमाले स्रोतले जनाएको छ। सरकारद्वारा बजेट प्रस्तुत भएलगत्तै संशोधन दर्ता गर्ने निर्णय गरिएको स्रोतको भनाइ छ ।

संशोधन प्रस्तावलाई अन्तिम रूप दिन एमालेले प्रमुख सचेतक चक्र मल्लको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ । कार्यदलले बजेटका विवादित तथा संशोधन आवश्यक ठानिएका विषयहरूको अध्ययन गरी प्रस्ताव तयार पार्ने बताइएको छ।

बैठकमा सहभागी प्रदेशसभा सदस्यहरूले बजेट निर्माण प्रक्रियामा पर्याप्त समन्वय नभएको, केही जिल्लालाई प्राथमिकता दिइएको तथा एमालेका प्रदेशसभा सदस्य र मन्त्रीहरूले अघि सारेका कतिपय योजनाहरू समेटिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । बजेटका कार्यक्रम, योजना छनोट तथा स्रोत विनियोजनका विषयमा समेत समीक्षा गरिएको बताइएको छ।

सत्ता साझेदार दलभित्र नै बजेटलाई लिएर मतभेद देखिएको अवस्थामा एमालेको संशोधन प्रस्तावलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। सरकारको नेतृत्व गरिरहेको गठबन्धनभित्र बजेटप्रति असन्तुष्टि सार्वजनिक हुनु अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले मध्यरातमा ३७ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए। बजेट सार्वजनिक भएलगत्तै सत्ता पक्षभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्

शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.