• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.२८ मात्रै

धनगढी , ३ असार / चालु आर्थिक वर्ष २०८२ /८३ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने देखाएको हो ।

चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा सुदूरपश्चिमको योगदान सात प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ । यस प्रदेशको प्रतिव्यक्ति आय एक हजार १५३ अमेरिकी डलर रहने अनुमान गरिएको आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बताए । चालु आर्थिक वर्षको चैत मसान्तसम्म प्रदेशको कुल आन्तरिक आय एक अर्ब १० करोड ५५ लाख रुपियाँ रहेको उहाँले बताए ।

आर्थिक सर्वेक्षण अनुसार यस प्रदेशमा मूल्य सूचकाङ्क राष्ट्रिय औसतभन्दा बढी र ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी रहेको छ । गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशको उपभोक्ता मूल्य सूचकाङ्क ३.३९ प्रतिशतले वृद्धि भइ १०७.८४ पुगेको जनाइएको छ ।

यस अवधिमा प्रदेशको ग्रामीण क्षेत्रको सूचकाङ्क १०८.०२ र सहरी क्षेत्रको सूचकाङ्क १०७.७७ पुगेको छ । राष्ट्रिय सूचकाङ्कभन्दा सुदूरपश्चिम प्रदेशको सूचकाङ्क ०.८८ अङ्कले बढी देखिएको जनाइएको छ । चालु आर्थिक वर्षको चैतसम्म राष्ट्रिय सूचकाङ्क १०९.४ रहेकोमा सुदूरपश्चिम प्रदेशको ११४.३ पुगेको मन्त्री धामीले बताए ।

आर्थिक वर्ष २०८२ /८३ को चैत मसान्तसम्म प्रदेश सरकारको बजेट बचत नौ अर्ब ७८ करोड १० लाख र राजस्व बचत तीन अर्ब ४० करोड ७२ लाख रुपियाँ ऋणात्मक रहने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनको अनुपातमा बजेट र राजस्व सन्तुलनमा सामान्य गिरावट देखिएको मन्त्री धामीले बताउनुभयो ।

बजेट सन्तुलन कुल गार्हस्थ उत्पादनको तुलनामा ०.८८ प्रतिशतले धनात्मक रहेको छ भने राजस्व सन्तुलन १.८४ प्रतिशत ऋणात्मक रहेको जनाइएको छ ।

बुधबार, असार ०३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.