धनगढी, १ असार/सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन थालेको छ । आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् ।
तर, प्रतिपक्षी दलले भने बैठक बहिस्कार गरेको छ । यसअघि आजै साँझ ५ बजे बस्ने गरी प्रदेशसभाको बैठक बोलाइएको थियो । तर, सत्तारुढ दहरूबीच बजेटको विषयमा विवाद भएपछि राति ९ बजेका बैठक सारिएको थियो । तर, उक्त समयमा पनि बैठक बस्न नसकेपछि राति साढे ११ बजे बस्ने गरी प्रदेशसभाको बैठक बोलाइएको थियो ।
