• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

निसर्ग अस्पताल र प्रदेश प्रहरी कार्यालयबीच विशेष सम्झौता

धनगढी, ३० जेठ /   कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच प्रहरी कर्मचारी तथा उनीहरूकापरिवारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। शनिवार सम्पन्न सम्झौताअनुसार सुदूरपश्चिम प्रदेशमा कार्यरत बहालवाला नेपाल प्रहरी कर्मचारी, अवकाश प्राप्त प्रहरी कर्मचारी, अमर तथा वीरगति प्राप्त प्रहरीका आश्रित परिवारले निसर्ग अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

सम्झौतामा बहालवाला प्रहरी कर्मचारीका आमा, बुवा, श्रीमती तथा छोरा–छोरी, अवकाश प्राप्त प्रहरीका आश्रित परिवार तथा अमर एवं वीरगति प्राप्त प्रहरीका आश्रित परिवारलाई लक्षित गरी स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराइने उल्लेख छ। सम्झौताअनुसार ओपीडी सेवा, एक्स–रे, यूएसजी, सिटी स्क्यान, ईसीजी, इको, टीएमटी, एबीपी, होल्टर, प्रयोगशाला सेवा, फिजियोथेरापी, शल्यक्रिया सेवा, बेड तथा भेन्टिलेटर सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ। यस्तै औषधि खरिदमा ७ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

सहुलियत सुविधा प्राप्त गर्न सेवाग्राहीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको सिफारिस पत्र वा आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताको साक्षीका रूपमा निसर्ग अस्पतालका मेडिकल डाइरेक्टर डा. मिराज आलम अन्सारी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश विक्रम शाही रहेका छन् भने प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले रहोबरमा हस्ताक्षर गरेका छन्। दुवै पक्षबीच भएको उक्त सम्झौता प्रत्येक आर्थिक वर्षमा नवीकरण गरिने तथा आवश्यकताअनुसार आपसी सहमतिमा संशोधन गर्न सकिने जनाइएको छ।

निसर्ग अस्पतालले उक्त सम्झौताले राष्ट्रसेवामा समर्पित प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.