• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम रास्वपामा सभापतिका लागि बढ्यो प्रतिस्पर्धा

धनगढी, २९ जेठ /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व चयनका लागि राजनीतिक गतिविधि तीव्र बनेको छ। आगामी असार १ गते हुने पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन नजिकिँदै जाँदा प्रदेश सभापति पदका लागि विभिन्न नेताहरूले दाबी प्रस्तुत गर्न थालेका छन्। प्रदेश सभापति पदका प्रमुख दावेदारहरूमा वर्तमान प्रदेश सभापति ई. प्रकाश बिष्ट, वर्तमान महामन्त्री भोजराज जोशी ‘क्वालिटी’, कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य केपी खनाल तथा सञ्चार क्षेत्रका उद्यमी जनकराज पन्त रहेका छन्। यसबाहेक केही अन्य नेताहरूले पनि नेतृत्वका लागि आन्तरिक तयारी गरिरहेको स्रोतले जनाएको छ।

रास्वपाले प्रदेशस्तरमा आफ्नो संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकतामा राखेका बेला नेतृत्व चयनलाई विशेष चासोका साथ हेरिएको छ। सभापतिका आकांक्षीहरूले संगठनलाई आधुनिक, व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। वर्तमान सभापति ई. प्रकाश बिष्टले पार्टी निर्माणको सुरुवाती चरणदेखि आफूले संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै निरन्तरताको पक्षमा मत मागिरहेका छन्। उनले सुदूरपश्चिमका सबै जिल्लामा संगठनलाई थप सशक्त बनाउने आफ्नो योजना रहेको बताएका छन्।

यस्तै प्रतिनिधिसभा सदस्य केपी खनालले प्रदेश संगठनलाई राष्ट्रिय नेतृत्वसँग अझ प्रभावकारी रूपमा जोड्दै जनताको मुद्दालाई सशक्त ढंगले उठाउन सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। खनालले पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न प्रदेश संगठनलाई थप गतिशील बनाउनुपर्ने धारणा राख्दै आएका छन्। टेलिभिजन उद्यमी जनकराज पन्तले पनि सभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। सञ्चार क्षेत्रको अनुभवलाई संगठन निर्माणमा उपयोग गर्ने योजना रहेको बताउँदै उनले युवाहरू, व्यवसायी तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूलाई पार्टीसँग जोड्ने लक्ष्य लिएको बताएका छन्।

अधिवेशनमार्फत प्रदेश सभापति, उपसभापति सहित नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको छ। नेतृत्व चयन सहमतिबाट हुने वा निर्वाचन प्रक्रियामार्फत टुंगिने भन्ने विषयमा भने अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ। रास्वपाको पहिलो प्रदेश अधिवेशन भएकाले यसलाई संगठन निर्माणको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। अधिवेशनले आगामी दिनमा पार्टीको प्रदेशस्तरीय राजनीतिक दिशा, संगठनात्मक संरचना तथा कार्ययोजनालाई समेत स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिममा पछिल्लो समय रास्वपाप्रति युवापुस्ताको आकर्षण बढिरहेका बेला नेतृत्वको प्रतिस्पर्धाले संगठनलाई थप चलायमान बनाएको नेताहरूको भनाइ छ। अधिवेशन नजिकिँदै जाँदा सभापति पदका आकांक्षीहरूले जिल्लास्तरमा भेटघाट, छलफल तथा आन्तरिक संवादलाई तीव्रता दिएका छन्।

शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.