• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

झुलाघाट पुल सरकारको प्राथमिकतामा परेन

बैतडी, २५ जेठ  /  भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा मोटरेबल पुल बनाउने बिषय सरकारको प्राथमिकतामा नपरेपछि यहाँ बासिन्दाले गुनासो र आक्रोश व्यक्त गरेका छन् । भारत भ्रमणको समयमा परराष्ट्र मन्त्रीले झुलाघाटमा मोटरेबल पुल निर्माण बिषय उठाउन नसकेको भन्दै स्थानीयहरुले आलोचना गरेका छन् ।

महाकाली नदीमाथि मोटरेबल पुल निर्माण हुनुपर्ने भन्दै बैतडीबासीले लामो समयदेखि माग गर्दै आएका छन् । नेपाल तथा भारत सरकारले झुलाघाटमा पक्की पुल निर्माण गर्ने सहमति गरेको भए पनि पुल निर्माणको काम अगाडि बढ्न सकेको छैन् ।

यसअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० को भारत भ्रमणका बेला बैतडीको झुलाघाट र डडेल्धुराको शीर्षमा मोटरेबल पुल निर्माण गर्ने सहमति भएको थियो। । प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच २०८० जेठ १८ गते महाकाली नदीको दुई ठाउँमा मोटरेबल पुल निर्माण गर्ने सहमति भएको हो ।

तीन वर्ष अगाडि नेपाल र भारत सरकारबीच महाकालीमा पुल निर्माण गर्ने सहमति भए पनि अहिलेसम्म केही प्रगति हुन नसकेको बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए । वर्तमान सरकारले समेत पुल निर्माणको बिषयलाई प्राथमिकतामा नराखेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय समकक्षीसँगको भेटमा यो बिषय नउठाउँदा निकै दुःख लागेको उनले बताए ।

झुलाघाट पुल बैतडी, दार्चुला र बझाङ जिल्लाका नागरिकका लागि अत्यन्तै महत्वपूर्ण पूर्वाधार भए पनि सरकारले यसलाई प्राथमिकतामा नराखेको चन्दले बताए । पटक–पटक ज्ञापनपत्र बुझाउने, आन्दोलन गर्ने र समय तथा खर्च व्यर्थ गएको अध्यक्ष चन्दको गुनासो छ । ‘महाकालीमा पुल निर्माण गर्ने काम पनि नेपालमा महाभारत जस्तै बनाइएको छ,’ उनले आक्रोश पोखे ।

हाल स्वास्थ्य उपचारमा रहेका चन्दले जुलाघाट पुलकै चिन्ताले मानसिक तनाव बढाएको बताएका छन् ।

उनले नेपालका नेताहरूको बोलीमा भरोसा गर्न गाह्रो भएको र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्त गरेका प्रतिबद्धताहरू पनि व्यवहारमा नदेखिएको टिप्पणी गरे ।

झुलाघाटमा मोटरेबल पुल निर्माणको बिषयमा महत्वपूर्ण भएपनि वर्तमान सरकारले समेत ध्यान नदिएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए ।

पुल निर्माणका लागि दबाब दिन रिले अनसनको आयोजना गरिएको थियो ।

झुलाघाट नाका भारतसँगको पुरानो नाका भएपनि यो नाका स्तरोन्नतिका बिषयमा कसैले ध्यान नदिएको स्थानीयहरुको गुनासो छ । इष्टइण्डिया कम्पनीले डेढ सय बर्ष पहिला निर्माण गरेको झोलुंगे पुलबाट यो नाकामा आवतजावत गर्ने गरिएको छ ।

सोमबार, जेठ २५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.