• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सीपदेखि बजारसम्म बेहडाबाबा मेटल उद्योगको साथ, महिलाको जीवनमा आर्थिक परिवर्तन

धनगढी, १६ जेठ /  कैलालीको धनगढी उपमहानगरपालिका–१८ फूलबारी क्षेत्रका महिलाहरू खटिया बुन्ने सीपमार्फत आत्मनिर्भर बन्दै गएका छन्। सीप विकासदेखि उत्पादन र बजार व्यवस्थापनसम्मको जिम्मेवारी बहन गर्दै आएको बेहडाबाबा मेटल उद्योगको पहलले स्थानीय महिलाको जीवनमा आर्थिक तथा सामाजिक परिवर्तन ल्याएको छ।

कैलारी गाउँपालिका–४ नवलपुरकी शैलेश्वरी चौधरी केही वर्षअघिसम्म क्याम्पस अध्ययनका क्रममा आफ्नो खर्च व्यवस्थापनका लागि परिवारमा निर्भर थिइन्। अहिले भने उनी पढाइसँगै फुर्सदको समयमा खटिया बुन्ने काम गरेर आफ्नै खर्च आफैं धान्न सफल भएकी छन्।

“पहिले पढाइ खर्चका लागि घरबाट पैसा माग्नुपर्थ्यो, अहिले खटिया बुनेर आएको आम्दानीले आफ्ना आवश्यकताहरू पूरा गर्न सकेकी छु,” शैलेश्वरीले भनिन्।

फूलबारीकै प्रमिला चौधरीको अनुभव पनि उस्तै छ। पहिले खाली समयमा मोबाइल चलाएर समय बिताउने उनी अहिले त्यही समयलाई आम्दानीसँग जोड्न सफल भएकी छन्। “खटिया बुन्दै जाँदा समय गएको थाहा नै हुँदैन। काम पनि हुन्छ र आम्दानी पनि,” उनले भनिन्।

दुर्गा देवी चौधरीका लागि पनि खटिया बुन्ने सीप आयआर्जनको भरपर्दो माध्यम बनेको छ। खेतीपाती, पशुपालन र घरायसी कामसँगै उनी नियमित रूपमा खटिया बुन्ने काममा संलग्न छिन्। “पहिले खर्चका लागि श्रीमान्सँग पैसा माग्नुपर्थ्यो, अहिले आफ्नै कमाइले आवश्यकता पूरा गर्न सकेकी छु,” उनले बताइन्।

फूलबारी क्षेत्रमा यस्ता धेरै महिलाहरू छन्, जसले खटिया बुन्ने सीपलाई आम्दानीको माध्यम बनाएका छन्। घरायसी काम सकेपछि उनीहरू फुर्सदको समय खटिया बुन्ने कार्यमा लगाउँछन्। उनीहरूका अनुसार घरमै बसेर काम गर्न पाउँदा सहज हुनुका साथै सम्मानजनक आम्दानी पनि भइरहेको छ।

यस परिवर्तनको मुख्य आधार बनेको छ धनगढी–७ मनेहरास्थित बेहडाबाबा मेटल उद्योग, उद्योगले फूलबारी क्षेत्रमा तीन वटा महिला समूह गठन गरी खटिया बुन्ने तालिम सञ्चालन गरेको छ। तालिमपछि आवश्यक सामग्री, खटियाको फ्रेम तथा डोरी उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको छ।

महिला समूहकी अगुवा अनिता चौधरीका अनुसार पहिले सीप सिक्न र सामग्री प्राप्त गर्न टाढासम्म पुग्नुपर्ने अवस्था थियो। “अहिले उद्योगले गाउँमै सामग्री उपलब्ध गराउँछ। त्यसैले महिलाहरूलाई घरमै बसेर काम गर्न सजिलो भएको छ,” उनले भनिन्।

उद्योगले तालिम र सामग्री उपलब्ध गराउने मात्र होइन, उत्पादनको बजार व्यवस्थापनसमेत गर्दै आएको छ। उद्योगमा तयार गरिएका खटियाका फ्रेम महिला समूहसम्म पुर्‍याइन्छ भने महिलाहरूले बुनेका खटियाहरू संकलन गरी विभिन्न गाउँ तथा बजारमा बिक्रीका लागि पठाइन्छ।

यस व्यवस्थाले महिलाहरूलाई बजार खोज्ने झन्झटबाट मुक्त गरेको छ। उनीहरू उत्पादनमा केन्द्रित हुन सकेका छन् भने बिक्रीको जिम्मेवारी उद्योगले सम्हाल्दै आएको छ।

उद्योगका मेनेजर पुनम चौधरीका अनुसार खटिया बुन्ने महिलाहरूले दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। एउटा खटिया तीन हजारदेखि चार हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

“हामीले महिलाहरूलाई सीप मात्र दिएका छैनौं, उनीहरूले उत्पादन गरेको सामग्रीको बजार पनि सुनिश्चित गरेका छौं। यसले उनीहरूको आयआर्जन बढ्नुका साथै आत्मनिर्भर बन्न सहयोग पुगेको छ,” पुनमले भनिन्।

उद्योगको यो पहलले महिलाहरू मात्र नभई फ्रेम निर्माणमा संलग्न मिस्त्री, वेल्डर, उद्योगका कामदार, अटो चालक तथा बिक्री–वितरण क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई समेत रोजगारी प्रदान गरेको छ।

स्थानीय स्रोत, सीप र श्रमलाई उपयोग गर्दै बेहडाबाबा मेटल उद्योगले गाउँमै आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। एक समय खर्चका लागि परिवारमा निर्भर महिलाहरू आज आफ्नै कमाइबाट घरखर्च चलाउन सक्षम भएका छन्। यसले उनीहरूको आत्मविश्वास, निर्णय क्षमता र आर्थिक सशक्तीकरणलाई नयाँ उचाइमा पुर्‍याएको छ।

शनिबार, जेठ १६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.