• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गणतन्त्र नेपाली जनताको ऐतिहासिक उपलब्धि हो : मुख्यमन्त्री शाह

धनगढी, १५ जेठ /  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गणतन्त्र नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभएको छ। १९औं गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले गणतन्त्र स्थापना केवल शासन प्रणाली परिवर्तन नभई जनताको सार्वभौम अधिकार, आत्मसम्मान, समानता र लोकतान्त्रिक आकांक्षाको विजय भएको बताउनुभयो।

वि।सं। २०६५ साल जेठ १५ गते स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रले राज्य सञ्चालनमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरेको उहाँको भनाइ छ।

मुख्यमन्त्री शाहले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात तथा अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। साथै परिवर्तनका पक्षमा उभिने राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण जनताप्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले सुदूरपश्चिम प्रदेश प्राकृतिक स्रोत, जैविक विविधता, कृषि, पर्यटन, जलस्रोत, जडीबुटी र सीमापार व्यापारका हिसाबले अत्यन्त सम्भावनायुक्त रहेको उल्लेख गर्नुभयो। भारत र चीनजस्ता ठूला आर्थिक शक्तिसँगको भौगोलिक निकटताले प्रदेशलाई व्यापार र लगानीको केन्द्र बन्ने अवसर प्रदान गरेको उहाँले बताउनुभयो।

प्रदेश सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेको जानकारी दिँदै मुख्यमन्त्री शाहले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आत्मनिर्भर र समुन्नत सुदूरपश्चिम निर्माणका लागि संघ, स्थानीय तह, निजी क्षेत्र तथा नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। विकासका लागि सबैको साझा प्रयास अपरिहार्य हुने उहाँको भनाइ थियो।

सम्बोधनको अन्त्यमा मुख्यमन्त्री शाहले गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र सामाजिक सद्भाव कायम राख्दै समृद्ध नेपाल निर्माणमा एकजुट हुन सबैलाई आह्वान गर्नुभयो।

उहाँले गणतन्त्र दिवसले लोकतान्त्रिक मूल्य, समावेशी विकास र सामाजिक न्यायप्रति थप प्रतिबद्ध बन्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.