• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमका एजेन्डा प्रधानमन्त्रीसमक्ष, मुख्यमन्त्री शाहको १० बुँदे स्मरणपत्र

धनगढी, ३ जेठ /  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको रूपान्तरणकारी विकासका लागि संघीय सरकारसँग विशेष पहल गर्न आग्रह गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह ले प्रधानमन्त्री केपी शर्मा ओली लाई स्मरणपत्र पठाउँदै आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिमका रणनीतिक योजना तथा कार्यक्रमलाई उच्च प्राथमिकता दिन अनुरोध गरेका हुन् ।

मुख्यमन्त्री शाहले पर्याप्त लगानी सुनिश्चित गरी सुदूरपश्चिमको विकास र समृद्धिको यात्रामा संघीय सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन् । स्मरणपत्रमा यातायात पूर्वाधार, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, खेलकुद, कृषि, विपद् व्यवस्थापन, व्यापारिक पूर्वाधार तथा औद्योगिक विकासलगायतका विषय समेटिएका छन् ।

प्रदेश सरकारले महाकाली करिडोर, सेती लोकमार्ग, कर्णाली करिडोरलगायत रणनीतिक सडक आयोजनालाई तीव्रता दिन आग्रह गरेको छ । त्यस्तै चिसापानीदेखि गड्डाचौकीसम्म पूर्व-पश्चिम राजमार्गलाई छ लेनमा स्तरोन्नति गर्न तथा भीमदत्त राजमार्ग र मध्यपहाडी राजमार्गलाई सुरक्षित डबल लेन सडकका रूपमा विकास गर्न आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ ।

स्वास्थ्य तथा शिक्षा क्षेत्रतर्फ पूर्वाधार निर्माण सम्पन्न भइसकेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गरी चिकित्सा शिक्षाका स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । प्रदेशभित्रका अस्पतालहरूको स्तरोन्नति र सेवा प्रवाह सुधारका लागि संघीय सहयोग आवश्यक रहेको पनि उल्लेख गरिएको छ ।

ऊर्जा क्षेत्रतर्फ पश्चिम सेती, एसआर-६, बेतन कर्णाली, कर्णाली चिसापानी तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाउन आवश्यक समन्वय र लगानी जुटाउन आग्रह गरिएको छ । यी आयोजना सञ्चालनमा आए सुदूरपश्चिम मात्र नभई देशकै आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

खेलकुदतर्फ धनगढीलाई क्रिकेट सहरका रूपमा विकास गर्न फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशालाका रूपमा निर्माण गर्न पर्याप्त बजेट विनियोजन गर्न माग गरिएको छ ।

पर्यटन विकासका लागि खप्तड, बडीमालिका, रामारोशन, शुक्लाफाँटा तथा अपी–साइपाल क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने उल्लेख गरिएको छ । साथै खप्तड–बडिमालिका–रामारोशन पदमार्गलाई एकीकृत पर्यटकीय सर्किटका रूपमा विकास गर्न र हिमाली ट्रेकिङ रुट विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको छ ।

कृषि तथा सिँचाइतर्फ महाकाली सिँचाइ आयोजना तेस्रो चरण, रानीजमरा कुलरिया सिँचाइ आयोजना तथा कर्णाली नदीको पानी उपयोग गर्ने आयोजनालाई तीव्रता दिनुपर्ने माग गरिएको छ । प्रदेशलाई अन्न भण्डारका रूपमा विकास गर्न विशेष पहल आवश्यक रहेको उल्लेख छ ।

महाकाली, सेती र कर्णाली नदीमा हुने कटान नियन्त्रण तथा बस्ती संरक्षणका लागि दीर्घकालीन गुरुयोजनासहित विपद् व्यवस्थापन कार्यक्रम लागू गर्न संघीय सरकारले आवश्यक बजेट सुनिश्चित गर्नुपर्ने प्रदेश सरकारको माग छ ।

त्यस्तै दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माण, महाकाली करिडोर तथा खुटिया–दिपायल–उरै सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरिएको छ । गड्डाचौकी, त्रिनगर, खक्रौला, झुलाघाट र दार्चुला नाकामा क्वारेन्टाइन प्रयोगशाला तथा एकीकृत भन्सार प्रणाली लागू गर्न पनि स्मरणपत्रमार्फत माग गरिएको छ ।

औद्योगिक विकासतर्फ कञ्चनपुरको दैजी–छेला र कैलालीको डुडेझाडी औद्योगिक क्षेत्रको निर्माण शीघ्र सम्पन्न गरी लगानीमैत्री वातावरण बनाउन संघीय सरकारले विशेष प्याकेज ल्याउनुपर्ने आवश्यकता औंल्याइएको छ । साथै जडीबुटी प्रशोधन उद्योग तथा निर्यातमुखी उत्पादनका लागि कारखाना स्थापना गर्नुपर्ने माग गरिएको छ ।

प्रदेश राजधानीको विषय अझै टुंगो नलागेकाले संघीय सरकारले स्पष्ट निर्देशन दिनुपर्ने विषय पनि स्मरणपत्रमा समेटिएको छ ।

आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.