• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलाली, कञ्चनपुरमा विपद् प्रतिकार्यको कृत्रिम घटना अभ्यास सुरु, नसर्ने रोगीको सुरक्षामा विशेष जोड

धनगढी, १ जेठ / कैलालीको भजनी नगरपालिकामा र कञ्चनपुरको लालझाडी गाउँपालिकामा विपद्को समयमा नसर्ने रोगबाट प्रभावित नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने उद्देश्यसहित कृत्रिम घटना अभ्यास कार्यक्रम सुरु गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सञ्चालित उक्त अभ्यास कार्यक्रम “पेन–डी परियोजनाअन्तर्गत सञ्चालन भइरहेको हो।

कार्यक्रममा विपद्को बेला मधुमेह, उच्च रक्तचाप, मुटुरोग लगायत नसर्ने रोगबाट पीडित व्यक्तिहरूले भोग्नुपर्ने समस्या, उपचारमा हुने अवरोध तथा तत्काल आवश्यक प्रतिकार्यका विषयमा अभ्यासात्मक प्रस्तुति गरिएको छ। परियोजनाका संयोजक प्रमोद अधिकारीका अनुसार कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा एकैसाथ उक्त अभ्यास सञ्चालन भइरहेको छ।

“विपद्को समयमा नसर्ने रोग भएका व्यक्तिहरू सबैभन्दा बढी जोखिममा पर्छन्। उनीहरूको उपचार, औषधि व्यवस्थापन र उद्धारलाई व्यवस्थित बनाउन यो अभ्यास महत्वपूर्ण हुनेछ,” संयोजक अधिकारीले बताए।

कार्यक्रमको पूर्वाध सत्रमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी तथा उप-प्रमुख राजु तीरुवा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रतिनिधि तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।

भर्चुअल माध्यममार्फत विभिन्न स्थानमा रहेका समूहहरूसँग समन्वय गर्दै कृत्रिम घटना अभ्यासको तयारी तथा सञ्चालन गरिएको आयोजकले जनाएको छ।नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित नसर्ने रोग उत्थानशील प्रयोजनका पालिका सहायक तपेन्द्र तिमल्सिनाले स्थानीय तहमा विपद् व्यवस्थापन क्षमताको विकासका लागि यस्तो अभ्यास प्रभावकारी हुने बताए।

नोभो नर्डिस्क फाउण्डेशनको आर्थिक सहयोगमा “रिजिलिएन्स एनसिडी ” परियोजनाअन्तर्गत सञ्चालन भइरहेको उक्त कार्यक्रम डेनिस रेडक्रस, क्यानेडियन रेडक्रस, आरहुस विश्वविद्यालय तथा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सञ्चालन गरिएको हो।

“नेपालमा विपद्को अवस्थामा नसर्ने रोग सम्बन्धी अत्यावश्यक प्रतिकार्य प्याकेज (पेन–डी)” प्रभावकारीता परीक्षण तथा कार्यान्वयन तयारीका लागि २०८३ जेठ १ र २ गते कार्यात्मक कृत्रिम घटना अभ्यास सञ्चालन गरिएको विपद् प्रतिकार्य प्रयोजना कैलाली जिल्लाका कार्यक्रम अधिकृत मुकेश चन्द्र गौतमले जानकारी दिए।

अभ्यासअन्तर्गत पहिलो घटनामा जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मनसुन पूर्वानुमानलाई आधार बनाइएको छ। पूर्वानुमानअनुसार यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र तापक्रम वृद्धि हुने सम्भावना देखिएकाले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै अभ्यास अघि बढाइएको छ।

शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.