• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एसइईमा सुदूरपश्चिमको नतिजा सुधार

धनगढी, ३० वैशाख  /  माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुदूरपश्चिमका यस वर्ष उत्तीर्ण दर बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार २०८२ सालको सार्वजनिक गरेको एसइई नतिजा अनुसार सुदूरपश्चिमका अधिकांश जिल्लामा २०८१ को एसइईको तुलनामा उत्तीर्ण दरमा बढेका पाइएको छ ।

शिक्षा विकास निर्देशनालय डोटीका अनुसार कैलालीमा एसइईमा यस वर्ष १२ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् । २०८१ को एसइईमा कैलालीबाट ४३.०१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा २०८२ को एसइईमा ५५.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कैलालीबाट २०८२ को एसइईमा १४ हजार १४६ विद्यार्थी सहभागी भएका थिए । जसमा ४ विद्यार्थीले २ जिपिए, ७१८ विद्यार्थीले ३।६ देखि ४ जिपिए, १ हजार ९०१ विद्यार्थीले ३.२ देखि ३.६ जिपिए, २ हजार ९३२ विद्यार्थीले २।८ देखि ३.२ जिपिए, १ हजार ९८९ विद्यार्थीले २.४ देखि २.८ जिपिए र २७८ विद्यार्थीले २ देखि २.४ जिपिए ल्याएका छन् । जसअनुसार कुल ७ हजार ८२२ विद्यार्थी उत्तीर्ण हुँदा ६ हजार ३२४ विद्यार्थी भने अनुत्तीर्ण ९नन ग्रेड० भएका छन् ।

यस्तै कञ्चनपुरबाट ८ हजार २४४ विद्यार्थी सहभागी भएकोमा ६ जनाले ४ जिपिए, ४३४ विद्यार्थीले ३।६ देखि ४ जिपिए, १ हजार ९४ विद्यार्थीले ३.२ देखि ३.६ जिपिए, १ हजार ४१७ विद्यार्थीले २.८ देखि ३.२ जिपिए, १ हजार ४६ विद्यार्थीले २.४ देखि २।८ जिपिए र २१२ विद्यार्थीले २ देखि २।४ जिपिए ल्याएका छन् । जसअनुसार कुल ४ हजार २३१, (५.३२ प्रतिशत) विद्यार्थी उत्तीर्ण हुँदा ४ हजार १३ विद्यार्थी भने अनुत्तीर्ण (नन ग्रेड) भएका छन् । कञ्चनपुरमा २०८१ को एसइईमा ४५।२४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

डडेल्धुराबाट १ हजार ९४८ विद्यार्थी सहभागी भएकोमा ५५ विद्यार्थीले ३.६ देखि ४ जिपिए, १६२ विद्यार्थीले ३.२ देखि ३।६ जिपिए, २०९ विद्यार्थीले २.८ देखि ३.२ जिपिए, १७६ विद्यार्थीले २.४ देखि २.८ जिपिए र ८५ विद्यार्थीले २ देखि २.४ जिपिए ल्याएका छन् । जसअनुसार कुल ६८७ ९३५.५२ प्रतिशत० विद्यार्थी उत्तीर्ण हुँदा १ हजार २४७ विद्यार्थी भने अनुत्तीर्ण ९नन ग्रेड० भएका छन् । डडेल्धुरामा २०८१ को एसइईमा २७।५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

बैतडीबाट ३ हजार ९३० विद्यार्थी सहभागी भएकोमा २२ विद्यार्थीले ३.६ देखि ४ जिपिए, २१२ विद्यार्थीले ३.२ देखि ३.६ जिपिए, ७९२ विद्यार्थीले २.८ देखि ३.२ जिपिए, ८६९ विद्यार्थीले २.४ देखि २.८ जिपिए र १२५ विद्यार्थीले २ देखि २।४ जिपिए ल्याएका छन् । जसअनुसार कुल २ हजार २० (५१.४) प्रतिशत० विद्यार्थी उत्तीर्ण हुँदा १ हजार ९१० विद्यार्थी भने अनुत्तीर्ण ९नन ग्रेड० भएका छन् । बैतडीमा २०८१ को एसइईमा ५२.३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

दार्चुलाबाट २ हजार ४४५ विद्यार्थी सहभागी भएकोमा १५ विद्यार्थीले ३.६ देखि ४ जिपिए, ७६ विद्यार्थीले ३.२ देखि ३।६ जिपिए, २६२ विद्यार्थीले २.८ देखि ३।२ जिपिए, ३५१ विद्यार्थीले २.४ देखि २.८ जिपिए र ५० विद्यार्थीले २ देखि २.४ जिपिए ल्याएका छन् । जसअनुसार कुल ७५४ (३०.८४ प्रतिशत) विद्यार्थी उत्तीर्ण हुँदा १ हजार ६९१ विद्यार्थी भने अनुत्तीर्ण ९नन ग्रेड० भएका छन् । दार्चुलामा २०८१ को एसइईमा ३५.०८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

डोटीबाट २ हजार १८० विद्यार्थी सहभागी भएकोमा ३६ विद्यार्थीले ३।६ देखि ४ जिपिए, १५ विद्यार्थीले ३।२ देखि ३।६ जिपिए, ३७१ विद्यार्थीले २.८ देखि ३।२ जिपिए, ४१३ विद्यार्थीले २.४ देखि २.८ जिपिए र ६४ विद्यार्थीले २ देखि २.४ जिपिए ल्याएका छन् । जसअनुसार कुल ९ सय ९४१.२८ प्रतिशत० विद्यार्थी उत्तीर्ण हुँदा १ हजार २८० विद्यार्थी भने अनुत्तीर्ण ९नन ग्रेड० भएका छन् । डोटीमा २०८१ को एसइईमा ३६.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

अछामबाट ३ हजार ८ सय विद्यार्थी सहभागी भएकोमा ४८ विद्यार्थीले ३.६ देखि ४ जिपिए, ३१० विद्यार्थीले ३।२ देखि ३।६ जिपिए, ९०८ विद्यार्थीले २.८ देखि ३।२ जिपिए, ७७२ विद्यार्थीले २.४ देखि २.८ जिपिए र ७९ विद्यार्थीले २ देखि २।४ जिपिए ल्याएका छन् । जसअनुसार कुल २ हजार ११७ (५५.७१ प्रतिशत) विद्यार्थी उत्तीर्ण हुँदा १ हजार ६८३ विद्यार्थी भने अनुत्तीर्ण ९नन ग्रेड० भएका छन् । अछाममा २०८१ को एसइईमा ४०।७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

बाजुराबाट २ हजार १२६ विद्यार्थी सहभागी भएकोमा २९ विद्यार्थीले ३.६ देखि ४ जिपिए, २३७ विद्यार्थीले ३.२ देखि ३।६ जिपिए, ६१५ विद्यार्थीले २.८ देखि ३।२ जिपिए, ३८९ विद्यार्थीले २.४ देखि २.८ जिपिए र ४६ विद्यार्थीले २ देखि २.४ जिपिए ल्याएका छन् । जसअनुसार कुल १ हजार ३१६ (६१.९० प्रतिशत) विद्यार्थी उत्तीर्ण हुँदा ८१० विद्यार्थी भने अनुत्तीर्ण ९नन ग्रेड० भएका छन् । बाजुरामा २०८१ को एसइईमा ५१.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

बझाङको जिल्लागत तथ्याङ्क भने उपलब्ध नभएको शिक्षा विकास निर्देशनालय डोटीका सूचना अधिकारी प्रेमलाल हरिजनले बताएका छन् ।

समग्रमा सुदूरपश्चिमबाट २०८२ सालको एसइईमा ४२ हजार २९९ विद्यार्थी सहभागी भएकोमा २१ हजार ६६४ विद्यार्थी उत्तीर्ण भएका छन् । जुन ५१.२१ प्रतिशत हुन आउँछ । सुदूरपश्चिमबाट २०८१ को एसइईमा ४२.३० प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।

बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.