धनगढी, २५ बैशाख/निर्माण व्यवसायी संघ कैलालीको २९ औं साधारणसभा तथा १२ औं अधिवेशन दिर्घराज जोशी अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन । निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्षमा धिरेन्द्र साउद, प्रथम उपाध्यक्षमा विक्रम विष्ट तथा द्वितीय उपाध्यक्षमा डम्बर चन्द रहेका छन् ।
संघको महासचिवमा अ्मर बहादुर खड्का निर्वाचित भएका छन । खड्काले ई किरण रावललाई परारिज गरेका हुन । खड्काले २८७ मत प्राप्त गरि बिजयी हुदा रावलाई १९२ मत प्राप्त भएको थियो । संघमा आबद्ध ५५९ मतदाता मध्ये ४९९ जनाले मतदान गरेका थिए ।
त्यसैगरी उपमहासचिव (निजिगत) मा योगेन्द्र चन्द, उपमहासचिव (आन्तरिक) मा सिद्धराज भट्ट, कोषाध्यक्षमा सुरेन्द्रराज भट्ट तथा सहकोषाध्यक्षमा मणी राज भट्ट निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्यमा शुभलक्ष्मी हमाल निर्विरोध चयन भएकी छन् । त्यसैगरि ६ सदस्य पदका लागि भएको निर्वाचनमा विनोद विष्ट, शिवराज सापकोटा, टेक राज जोशी, चक्र बहादुर मल्ल, टेक बहादुर खड्का र रुद्र प्रसाद पन्त बिजयी भएका छन । आदिवासी र दलितरजनजाति सदस्यमा मदन कुमार बिसी निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै भूगोल सदस्यतर्फ धनगढी उपमहानगरपालिकाबाट दिपेन्द्र साउद, गोदावरी नगरपालिकाबाट गोकर्ण विष्ट, जोशीपुर गाउँपालिकाबाट खगेन्द्र बहादुर मौनी, गौरीगंगाबाट गणेश कडेल, घोडाघोडी नगरपालिकाबाट सुरेश बहादुर बोगटी, चुरे गाउँपालिकाबाट डिल बहादुर भाट बिजयी भएका छन ।
यसैगरि, भजनी नगरपालिकाबाट युवराज चौधरी, जानकी गाउँपालिकाबाट प्रविण बहादुर राणा, टिकापुर नगरपालिकाबाट दीपक साउद, बर्दगोरिया गाउँपालिकाबाट नवीन कुँवर, मोहन्याल गाउँपालिकाबाट कमल बटाला, लम्कीचुहा नगरपालिकाबाट विष्णु शाही तथा कैलारी गाउँपालिकाबाट दिलीप रोका क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक खगेन्द्र राज जोशीका अनुसार महासचिव पदमा अमर बहादुर खड्का र ईन्जिनियर किरण रावलबीच प्रतिस्पर्धा भएको थियो भने ६ सदस्य पदका लागि ७ जनाको उम्मेदवारी दिएका थिए ।