• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा सूचना प्रविधि दिवसको अवसरमा साइबर सुरक्षा सचेतना कार्यक्रम

धनगढी, १९ बैशाख/राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा कैलालीमा सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ कैलाली शाखाको आयोजना तथा कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित उक्त कार्यक्रम धनगढीमा सम्पन्न भएको हो।

कार्यक्रम क्यान कैलालीका अध्यक्ष नरेन्द्रराज अवस्थीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। साथै, कम्प्युटर एसोसिएसन नेपाल महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष धनबहादुर बोगटी लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्रोत व्यक्तिका रूपमा इन्जिनियर रोशन श्रेष्ठ तथा नेपाल प्रहरी प्रदेश अनुसन्धान ब्यूरोका सब–इन्स्पेक्टर जीवन चौधरीले सहजीकरण गरेका थिए। उनीहरूले साइबर अपराधका वर्तमान प्रवृत्ति, अनलाइन ठगीबाट जोगिने उपाय, डाटा सुरक्षाको महत्व तथा डिजिटल प्लेटफर्मको सुरक्षित प्रयोगबारे जानकारी दिएका थिए।

वक्ताहरूले सूचना प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षाका चुनौतीहरू पनि बढ्दै गएको उल्लेख गर्दै सचेतना अभिवृद्धिको आवश्यकता औंल्याए। सहभागीहरूले यस्ता कार्यक्रमबाट प्राप्त ज्ञानले व्यक्तिगत तथा व्यवसायिक सुरक्षामा सहयोग पुग्ने क्यान अध्यक्ष अबस्थीले जानकारी दिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, आईटी विज्ञ, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकले यस्ता कार्यक्रमहरूले डिजिटल साक्षरता अभिवृद्धि गर्नुका साथै सुरक्षित डिजिटल वातावरण निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

शनिबार, बैशाख १९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.