टनकपुर १८ बैशाख/भारतको उत्तराखण्ड सीमा जागरण मञ्चले नेपालसँग सीमा जोडिएका गाउँहरूमा गाउँ सुरक्षा समिति गठन गर्ने तयारी गरेको छ । शुक्रबार टनकपुरमा फोरमका कार्यकर्ताहरूको बैठकमा सो निश्कर्ष निकालेको हुन् ।
सीमा क्षेत्रमा हुने अपराध, घुसपैठलाई निरुत्साहित गर्ने दुई देशीय सम्बन्धलाई सुधार गर्ने मुल उदेश्य रहेको संगठनका राज्य संगठन मन्त्री आशिष वाजपेयीले जानकारी दिएका छन् । सीमा क्षेत्रको वर्तमान अवस्थालाई ध्यानमा राख्दै, उनले सीमा निगरानीमा जनसहभागिता र सरकारसँग सहकार्यको आवश्यकतामा जोड दिए ।
संगठन मन्त्री वाजपेयीले फोरमले गाउँ सुरक्षा समितिहरू मार्फत सीमा क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई जागरूकता र सचेत गराउन समाजका वरिष्ठ सदस्यहरू, पूर्व सैनिकहरू, महिला मंगल दल, युवा मंगल दल, शिक्षकहरू र विभिन्न क्षेत्रका अन्य सामाजिक संस्थाहरूसँगको सहकार्यमा कार्य गर्ने बताएका छन् ।
बैठकले संगठनको भावी रणनीतिको बारेमा पनि छलफल गरेको थियो । सो अवसरमा सन्नी यादव, मुकेश जोशी, हरिश जोशी, पवन पन्त, आकाश, नितिन डाँगी, तनुज जोशी, राजु सिंह, कैलाश पाण्डे, रवि, लगायत उपस्थित थिए ।
