• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा कर तथा भन्सार समस्या समाधानका लागि अन्तरक्रिया सम्पन्न

धनगढी, १३ वैशाख/धनगढीमा कर तथा भन्सारसम्बन्धी समस्या र समाधानका विषयमा सरोकारवालाबीच एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राजस्व न्यायाधिकरण नेपालगञ्ज, बाँकेको आयोजना तथा कैलाली उद्योग वाणिज्य संघ, धनगढीको समन्वयमा संघकै सभाहलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कर, भन्सार, राजस्व प्रशासन तथा सम्बन्धित निकायहरूको काम, कर्तव्य र जिम्मेवारीबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा राजस्व न्यायाधिकरण नेपालगञ्ज, बाँकाका अध्यक्ष तथा उच्च अदालतका न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी सहभागी थिए। साथै नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेल, कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगञ्जका प्रमुख कोष नियन्त्रक सर्बोदय उपाध्याय, राजस्व न्यायाधिकरणका श्रेस्तादार वीरबहादुर पोखरेल, कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त प्रसाद तिमिल्सेना, कोष नियन्त्रक कार्यालय कैलालीका प्रमुख चेतराज जोशी लगायत विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, गौरीगंगा उद्योग वाणिज्य संघका खेमानन्द पौड्याल, आन्तरिक राजस्व कार्यालय धनगढीका कर अधिकृत विष्णु बहादुर रावत, कैलाली जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष नाथुराम महत्तो, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश सदस्य कृष्णा बिष्ट, नेपाल पशुपन्छी व्यवसायी संघका प्रदेश अध्यक्ष यज्ञराज बास्तोला र घरेलु महासंघका अध्यक्ष धनबहादुर चौधरीसहित व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले धेरै व्यवसायी अझै कर तथा भन्सारसम्बन्धी कानुनी प्रक्रिया र सम्बन्धित निकायबारे पर्याप्त जानकार नभएको बताए। उनले कागजात तथा बिलिङसम्बन्धी त्रुटिका कारण व्यवसायीहरू समस्यामा पर्ने गरेको उल्लेख गर्दै यस्ता विवाद समाधानमा राजस्व न्यायाधिकरणको भूमिका महत्वपूर्ण रहेको धारणा राखे। कार्यक्रममा प्रस्तुत जानकारीअनुसार करसम्बन्धी विषय आन्तरिक राजस्व विभागसँग र भन्सारसम्बन्धी विषय भन्सार विभागसँग सम्बन्धित भए पनि अन्तिम न्यायिक निरूपणका लागि राजस्व न्यायाधिकरण प्रमुख निकायका रूपमा रहने स्पष्ट पारियो।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले भन्सार प्रक्रिया केवल राजस्व संकलनमा सीमित नभई अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको बताए। उनले भन्सार प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिए। कार्यक्रममा भन्सार ऐनअन्तर्गतका विभिन्न प्रावधानहरू निकासी, पैठारी, कारोबार मूल्य, महसुल सुविधा, जाँचपास, चोरी निकासी तथा पैठारी, मूल्यांकन विधि र कारबाही प्रक्रियाबारे विस्तृत जानकारी दिइएको थियो। साथै चोरी निकासी तथा पैठारीसम्बन्धी कानुनी व्यवस्था, जरिवाना तथा पुरस्कार प्रणालीबारे पनि स्पष्ट पारिएको थियो।

प्रमुख अतिथि न्यायाधीश अवस्थीले संविधान, ऐन, नियम तथा न्यायिक सिद्धान्तका आधारमा प्रशासनिक र न्यायिक प्रक्रिया सञ्चालन हुनुपर्नेमा जोड दिँदै सबै निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर कानुनअनुसार काम गर्नुपर्ने बताए। कार्यक्रममा सहभागी व्यवसायीहरूले भन्सारबाट मालसामान निकासी तथा पैठारी गर्दा भोग्नुपरेका समस्या, आवश्यक कागजात र कानुनी उपायबारे उपयोगी जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमको अन्त्यमा विभिन्न अतिथिहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।

आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.