• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारत-नेपाल मित्रता जोड्दै बुढीतोला पर्यटन महोत्सवमा भारतीय पर्यटकलाई निम्तो

धनगढी १३ बैशाख/सुदूरपश्चिमको रमणीय पर्यटकीय गन्तव्य बुढीतोलामा आयोजना हुन लागेको “बुढीतोला पर्यटन महोत्सव” लाई अन्तर्राष्ट्रिय स्वरूप दिन आयोजक टोली भारतको पलियासम्म पुगेर विशेष निम्तो अभियान सञ्चालन गरेको छ। वैशाख १७ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा भारतीय पर्यटकको उल्लेखनीय सहभागिता गराउने उद्देश्यले यो पहल गरिएको हो।

बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिले भारतको पलियामा पत्रकार सम्मेलन गर्दै महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। समितिका संयोजक हरिदत्त भट्टराईका अनुसार नेपाल–भारत सीमा क्षेत्रसँगै पलिया, लखनउ, लखिमपुर लगायत सहरका पर्यटकलाई लक्षित गर्दै आकर्षक आवाससहित विशेष प्याकेजहरू तयार पारिएको छ।

पर्यटन व्यवसायी अशोक मल्लले “गर्मीसे बेहाल, चलो बुढीतोला नेपाल” भन्ने सन्देशमार्फत भारतीय पर्यटकलाई शीतल र शान्त वातावरणको अनुभव लिन निम्तो दिइएको बताए। उनले गर्मीयाममा तराईको अत्यधिक गर्मीबाट राहत पाउन बुढीतोला उत्कृष्ट गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे। पर्यटन अभियन्ता भरतविक्रम शाहले तराई क्षेत्रमा बढ्दो गर्मीका बीच बुढीतोलाको चिसो मौसमले पर्यटक आकर्षित गर्ने बताउँदै भारतीय पर्यटकलाई प्रत्यक्ष निम्तो दिन पलिया पुगेको जानकारी दिए।

त्रिनगर भन्सारबाट करिब ३८ किलोमिटर दूरीमा अवस्थित बुढीतोला प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हो। यहाँबाट कैलाली र कञ्चनपुरका समथर भू-भागसँगै भारतका विभिन्न सहरहरूको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। शान्त, हरियाली वातावरणले अध्ययन, लेखन तथा साहित्य सिर्जनाका लागि समेत उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ।

महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, स्थानीय परिकार, कला, भाषा र संगीत प्रस्तुति रहने आयोजकले जनाएको छ। यस महोत्सवले पर्यटन प्रवर्द्धनसँगै नेपाल–भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ। बुढीतोला अब केवल पर्यटकीय गन्तव्य मात्र नभई दुई देशबीचको मित्रता, संस्कृति र सहकार्यको महत्वपूर्ण सेतु बन्ने लक्ष्य लिएको आयोजक समितिका संयोजक भट्टराईले बताएका छन् ।

आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.