• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पीएम कपमा पनि सुदूरपश्चिम उपविजेता बन्यो

काठमाडौं, ४ वैशाख  /  त्रिभुवन आर्मी क्लबले अपराजित रहँदै पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार वीरगन्जमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै आर्मीले तेस्रोपटक उपाधि जितेको हो ।

सुदूरले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । आर्मीका लागि इमरान शेखले अविजित ४६ रन बनाए भने बसिर अहमदले ४५ रन बनाए । ५६ रनमा ४ विकेट गुमेको अवस्थाबाट आर्मीका लागि बसिर र इमरान मिलेर इनिङ सम्हालेका थिए । यी दुई मिलेर पाँचौं विकेटका लागि ९६ रनको साझेदारी गरे ।

सुदूरका लागि हेमन्त धामीले २ विकेट लिँदा शेर मल्ल, अशोक धामी र विकास आग्रीले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरले ३९.४ ओभरमा अलआउट हुँदै १६१ रन बनाएको थियो । शीर्षक्रम र मध्यक्रम ब्याटिङ धराशायी बनेपनि तल्लोक्रमका ब्याटरले संयमित ब्याटिङ गरेका थिए ।

अशोक धामीले सर्वाधिक ४३ रन बनाए भने किरण ठगुन्नाले २५ अनि नारायण जोशीले २९ रन बनाए । हेमन्त धामीले १६ रन बनाए । आर्मीका आकाश चन्द र शाहब आलमले ३/३ विकेट लिए भने बसिर अहमदले २ अनि कुशल मल्लले १ विकेट लिए ।

आर्मीले प्रतियोगिताभर कुनै खेल पनि हारेन । आर्मीेले लिग चरणका ९ मध्ये १ खेलमा अंक बाँडेको थियो भने बाँकी ८ वटै खेल जितेको थियो । सुदूरले भने ९ खेलमा ६ खेल जितेको थियो र पहिलोपटक फाइनल खेलेको थियो।

आर्मीले सन् २०१७ मा पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग उपाधि बाँडेको थियो । यस्तै सन् २०२१ मा पनि उपाधि जितेको थियो । हरेक संस्करणको फाइनल खेलेको आर्मी ५ पटक भने उपविजेतामा सीमित भएको छ । नेपाल पुलिस क्लबले ४ पटक उपाधि जितेको छ भने एपीएफ क्लबले २ पटक उपाधि जितेको छ ।

शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.