धनगढी १ बैशाख/ नववर्ष २०८३ को पहिलो दिनदेखि सुदूरपश्चिमको कैलालीस्थित चिसापानीमा निर्माणाधीन जाल्पादेवी केबलकार आयोजनाको काम औपचारिक रूपमा सुरु गरिएको छ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रकाश ढकालले केबलकारको टावर नम्बर १३ को शिलान्यास गरी जडानका लागि पोल ठड्याउने कार्य आजबाट सुरु गरिएको छ । केवबलकार चिसापनी देखी पर्यटकीय क्षेत्र राजकाँडा सम्म पुग्ने योजना रहेको छ ।
सिभिल ईन्जिनियरिङ्गको काम सम्पन्नको चरणमा पुगेकोले अब इलेक्ट्रो मेकानिकलको काम बैशाख १ गतेबाट सुरु भएको जाल्पादेवी केबलकार आयोजनाका स्टेशन म्यानेजर हरिओम खड्काले जानकारी दिएका छन् । उक्त केवलकारमा कुल १४ टावर रहने बताईएको छ । आज नयाँ बर्षको साईत परेर १३ नम्बरको टावर शिलान्यास गरी कामको शुभारम्भ गरिएको खड्काले जानकारी दिएका छन् ।
यो आयोजना केवल पूर्वाधार विकासमा सीमित नभई क्षेत्रीय पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको स्थानीय तथा लम्की चुहाँ वडा नम्बर १०का वडा अध्यक्ष लवबहादुर शाहले जानकारी दिएका छन् ।
उक्त केवरकार कैलालीको लम्कीचुहाँ नगरपालिका र मोहन्याल गाँउपालिकामा रहेको छ । आयोजनालाई आगामी दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ ।
