• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा बिभिन्न स्थानमा स्मार्ट स्ट्रिट लाइटको शुभारम्भ

धनगढी, २९ चैत/धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रम अन्तर्गत विभिन्न वडामा जडान गरिएका स्मार्ट स्ट्रीट लाइटको उद्घाटन गरेको छ। आइतबार उपमहानगरपालिकाको नौ स्थानमा एकैपटक स्मार्ट स्ट्रिट लाइट उद्घाटन गरिएको हो।

उपमहानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार ‘एक वडा, एक आर्थिक केन्द्र ९बजार क्षेत्र०’ निर्माण गर्ने उद्देश्यले उज्यालो धनगढी अभियानको आठौं संस्करण अन्तर्गत विभिन्न वडामा बत्ती जडान गरिएको हो। वडाका विभिन्न स्थानमा वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले एकैसाथ सडक बत्ती उद्घाटन गरेका हुन्।

कार्यक्रम अनुसार वडा नम्बर १ को नोभा अस्पताल अगाडि र सेतोपुल नजिक स्मार्ट स्ट्रिट लाइट उद्घाटन गरिएको हो। कैलाली पुलदेखि क्याम्पस रोडसम्म जडान गरिएको सडक बत्तीको उद्घाटन वडा अध्यक्ष सन्तोष मुडभरी र वडा सदस्यहरूले गरेका हुन्। उक्त अवसरमा नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो।

वडा नम्बर ३ को फाप्ला जाने सडकमा जडान गरिएको बत्तीको उद्घाटन विवेक दाना मिल अगाडि, वडा अध्यक्ष राजबहादुर ऐरले गरेका छन्। उक्त अवसरमा वडा सदस्य र वडावासीको उपस्थिति रहेको थियो।यस्तै वडा नम्बर ७ मा बेली हनुमान मन्दिरदेखि सेतोपुलसम्मको सडक खण्डमा जडान गरिएको बत्तीको उद्घाटन जुगेडा जाने सडक नजिक तथा मनेहरा पुरानो वडा कार्यालय नजिक वडा अध्यक्ष मोती रानाले गरेका छन्।वडा नम्बर ८ मा अनामनगर हुलाकी सडकमा जडान गरिएको बत्तीको उद्घाटन मनेहरा गाउँ जाने चोक नजिक वडा अध्यक्ष जुगराम चौधरीले गरेका छन्। उक्त अवसरमा सर्वसाधारण वडावासीको उपस्थिति रहेको थियो।यस्तै, वडा नम्बर ११ मा बेला चोकदेखि थापाचोकसम्म जडान गरिएको सडक बत्तीको उद्घाटन बेलाको उपाध्याय मिल नजिक वडा अध्यक्ष रूप बहादुर कुँवरले गरेका छन्।यसैगरी, वडा नम्बर १२ मा जुगेडा ‘ए’ गाउँमा जडान गरिएको बत्तीको उद्घाटन सेन्टर प्लट नजिक वडा अध्यक्ष शेर बहादुर महराले गरेका छन्।

त्यसैगरी वडा नम्बर १७ मा घुर्जन्ना क्षेत्रमा जडान गरिएको बत्तीको उद्घाटन वडा कार्यालय अगाडि वडा अध्यक्ष माधव रानाले गरेका हुन्। उक्त अवसरमा सर्वसाधारणको उपस्थिति रहेको थियो। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘उज्यालो धनगढी’ कार्यक्रमको यो आठौं चरण हो। यस कार्यक्रमले नगर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र उज्यालो बनाउने विश्वास लिइएको छ। साथै, स्थानीय बजार क्षेत्रको विकास र आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

 

आइतबार, चैत २९, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.