• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

गेटा विश्वविद्यालयले सुदूरपश्चिमलाई के विशेष अधिकार देला ?

धनगढी, २५ चैत /  देशका अन्य ६ वटै प्रदेशमा मेडिकल कलेज बनिसक्दा पनि सुदूरपश्चिमलाई बेवास्ता गरिएको मुद्दाले कैलालीको गेटामा अहिले देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय जन्माएको छ । सुदूरपश्चिमले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय पाउँदा एकातिर यो कार्यान्वयनमा कहिले आउला भन्ने दोधार कायमै छ भने अर्कोतर्फ कार्यान्वयनमा आए सुदूरपश्चिमका जनताले के विशेष अधिकार पाउँछन् भन्ने प्रश्न अनुत्तरित छ । देशमै स्वास्थ्य शिक्षामा पछि परेको सुदूरपश्चिमले देशलाई नै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय दिँदा यो विश्वविद्यालयले सुदूरपश्चिमलाई के विशेष अधिकार देल सुदूरपश्चिमलाई लक्षित गरेर कस्तो नीति बनाउला भन्ने प्रश्न अहिले जनमानसमा छ ।

पछाडि पारिएको सुदूरपश्चिमले व्याज सहित क्षतिपूर्ति सहित नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय पाउनु पर्छ भन्दै आवाज उठाउँदै आएको तत्कालीन विश्वविद्यालय सङ्घर्ष समितिको नेतृत्व गर्दै आएका लोक राज पाण्डेले अहिले सुदूरपश्चिमले पाउने विशेषाधिकारको मुद्दा मुख्य बनेको बताए । उनले लामो सङ्घर्ष पनि ठुलो उपलब्ध हासिल भएको बताउँदै अब सुदूरपश्चिमले व्याज सहितको २५ प्रतिशत स्कलरसिप (छात्रवृत्ति) पाउनु पर्ने बताए । उनले लामो समय देखि राज्यले पछि पारेको यो क्षेत्रको समान पहुँचका लागि शिक्षणका कार्यक्रममा स्कलरसिप आवश्यक पर्ने बताए । विश्व विद्यालय ऐनमा यो विषय नसमेटिएको बताउँदै उनले अब बन्ने नीति कार्यक्रममा यो विषय समेट्न आवश्यक रहेको बताए ।

यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने विश्वविद्यालय सभाका सदस्य डा. डम्बर बहादुर पालले सुदूरपश्चिमलाई विशेषाधिकार दिनुपर्नेमा आफूहरू स्पष्ट भए पनि हालसम्म त्यसले कानुनी रूप नलिएको बताए । उनले हालसम्म बसेको २ वटा सिनेट बैठकमा यस विषयमा छलफल नभए पनि अबको बैठकहरूमा भने यस विषयलाई उठाउने बताए । ‘अहिले सम्मका बैठकमा उपकुलपति, रजिस्ट्रार नियुक्तिमा केन्द्रीय भए’ उनले भने ‘अब हामीले सुदूरपश्चिमले पाउनुपर्ने विशेष रिजर्भेसनका विषयमा कुरा उठाउँन्छौ ।’

कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य खेम राज कोइरालाले विश्वविद्यालयको ऐन भित्र रहेर वा व्यवहारिक रूपमा के कसरी गर्न सकिन्छ सुदूरपश्चिमले २५ प्रतिशत आरक्षण पाउनु पर्ने बताए । ‘सुदूरपश्चिम शिक्षामा पनि पछाडि छ स्वास्थ्यमा पनि पछाडि छ रोजगारीका दृष्ट्रिकोणले पनि पछाडि छ’ उनले भने ‘हामी पछाडि परेको क्षेत्र भनेर हामीले विशेषाधिकार प्राप्त गर्छौ या गर्दैनौ म विशेष रूपमा पहल गर्ने छु ।’ उनले यसका लागि यस क्षेत्रका जनताको साथ आवश्यक रहने बताए ।

उनले विगतमा संरचना निर्माण देखि हालको अवस्था सम्म पुगाउन भूमिका खेल्ने सबैलाई धन्यावाद दिँदै अब गेटा विश्वविद्यालय सञ्चालनमा आउने कुरामा ढुक्क हुन आग्रह गरे । उनले भने ‘आगामी आर्थिक वर्षमा यहाँबाट माग गरिएको २ अर्ब ५८ करोड आवश्यक छ त्यो बजेट उपलब्ध गराउँछौ भनेर प्रधानमन्त्री र अर्थमन्त्रीबाट प्राप्त गरिसकेकाले अब यसमा शङ्का गर्नुपर्ने ठाउँ छैन ।’

यसैबिच आज (बुधवार) गेटामा विश्वविद्यालय सभाको बैठक बस्दै छ । यसअघिका दुई विश्वविद्यालय सभाको बैठक संघीय राजधानीमा बसेकोमा पहिलो पटक गेटामै सभाको बैठक बोलाइएको छ । बैठकमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक नियमावली, कार्यविधि पास गर्ने तयारी छ । उक्त सभाको अध्यक्षता विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्री हुने व्यवस्था अनुसार शिक्षामन्त्री सस्मित पोखरेलले गर्ने कार्यक्रम छ । जसका लागि उनी मंगलबार नै सुदूरपश्चिम पुगिसकेका छन् । विश्वविद्यालयमा यसै शैक्षिक सत्रबाट एमबिबिएस लगायत चिकित्सा शिक्षा अध्यापनको तयारी गरिएको बताइएको छ ।

 

बुधबार, चैत २५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.