• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक

धनगढी, २२ चैत /  धनगढीमा नयाँ बर्षको अवसरमा हुन गईरहेको फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक सन्तति आईभिएफ सेन्टर बनेको छ । फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा आगामी चैत २७ र २८ गते हुने मैत्रीपूर्ण अन्तर–संस्था फुटसल प्रतियोगिता २०८३ प्रतियोगिताको मुख्य प्रायोजकमा धनगढीमा अत्याधुनिक र विश्वस्तरीय प्रजनन सेवा दिन सुरु गरेको सन्तति आईभिएफ सेन्टर बनेको हो । सेन्टर मुख्य प्रायोजक बनेसँगै प्रतियोगिताको नाम सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कप हुने भएको छ ।

नयाँ वर्ष २०८३ को शुभ अवसरमा समाजमा आपसी सद्भाव, भाइचाराको भावना अभिवृद्धि गर्ने तथा विभिन्न संघ–संस्थाबीच सहकार्य र सम्बन्ध मजबुत बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजनाको तयारीमा रहेकोमा सन्तति आईभिएफ सेन्टरले मुख्य प्रायोक बने साथ दिएको प्रतियोगिताका संयोजक नवीन अधिकारीले जानकारी दिए । फ्ल्याटल्याण्ड फुटसलमा हुने प्रतियोगितामा विभिन्न संघ संस्था, निजि संघसंस्थाहरुका साथै फर्महरुका टीमले भाग लिन पाउने छन् । प्रतियोगितामा ३० बर्ष उमेर पुगेका संघ संस्थाका पदाधिकारी र कर्मचारीहरुले मात्रै खेल्न पाउनेछन् । प्रतियोगिताको विजेतालाई नगद ३० हजार तथा उपविजेतालाई नगद १५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक अधिकारी बताए ।

प्रतियोगिताको मुख्य प्रायोजक बनेको सन्तति आईभिएफ सेन्टरले उत्कृष्ट प्रजनन केन्द्र निर्माण गर्दै निसन्तान दम्पतिको सन्तान प्राप्त गर्ने सपनालाई साकार बनाउन धनगढीमा सेवा सुरु गरेको छ । सन्तान प्राप्तिमा समस्या झेलिरहेका दम्पतीहरूलाई लक्षित गर्दै स्थापना भएको केन्द्रले विश्वस्तरीय प्रजनन सेवा र आत्मीय हेरचाह प्रदान गर्ने जनाएको छ ।

केन्द्रमा आईभिएफ, आईयुआई, बाँझोपन सम्बन्धी सम्पूर्ण परीक्षण तथा परामर्श सेवा उपलब्ध रहेको छ । अनुभवी विशेषज्ञ चिकित्सकको टोली, आधुनिक प्रयोगशाला, र अत्याधुनिक प्रविधिको प्रयोग मार्फत सेवाग्राहीलाई गुणस्तरीय उपचार दिईरहेको सेटरले जनाएको छ । सन्तति आईभिएफ सेन्टरले विशेषगरी सुदूरपश्चिम क्षेत्रका नागरिकलाई लक्षित गर्दै सहज र भरपर्दो सेवा उपलब्ध गराउने बताएको छ । अब प्रजनन उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता घट्ने विश्वास गरिएको छ । केन्द्रमा बिरामीमैत्री वातावरण, गोपनीयताको पूर्ण सुनिश्चितता, र मनोसामाजिक परामर्श सेवा समेत उपलब्ध रहेको जनाइएको छ । सेवाग्राहीलाई सहज बनाउन विशेष प्याकेज, नियमित स्वास्थ्य जाँच, र विशेषज्ञसँग प्रत्यक्ष परामर्शको व्यवस्था पनि गरिएको छ।

 

आइतबार, चैत २२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.