• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पिएम कपको शीर्षस्थानमा सुदूरपश्चिम , हेमन्तले एकै खेलमा लिए ७ विकेट

काठमान्डौं, २२ चैत /   प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले ह्याट्रिकसहित सात विकेट लिँदा बागमती प्रदेशले लज्जास्पद हार व्यहोरेको छ । जनकपुरधामस्थित रामजानकी मैदानमा २१० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बागमतीविरुद्ध आक्रामक बलिङ गर्दै हेमन्तले सात विकेट लिएका हुन् ।

बागमतीको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा हेमन्तले आफ्नो तेस्रो ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । उनले तेस्रो ओभरको अन्तिम तीन बलमा आशुतोष घिरैया, पवन थापा र इशान पाण्डेको विकेट लिए ।

लगातार तीन गुमाएपछि दवावमा परेको बागमतीविरुद्ध हेमन्तले थप चार विकेट चट्काए । प्लेयर अफ दि म्याच धामीले विवेक मगर, रिजन ढकाल, प्रतिश जिसी, सन्दीप लामिछानेलाई पेभेलियन फर्काए । ६ ओभर बलिङ गरेका धामीले १४ रन खर्चिए ।

यससँगै धामी जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । धामीले ६ इनिङमा २१ विकेट लिएका छन् । यसैगरी सुदूरपश्चिमका कप्तान शेर मल्लले तीन विकेट लिएका छन् । ३।२ ओभर बलिङ गरेका मल्लले दुई रन खर्चिएर सचिन लेखक, शुभ कंसकार र उत्तम मगरको विकेट हात पार्दा सुदूरपश्चिमले १६३ रनको सानदार जित हात पार्यो । बागमतीले ४६ रनमै समेटियो ।

बागमतीका लागि शुभ कंसकारले ३२ रन जोड्दा अन्य ब्याटरले दोहोरो संख्यामा रन जोड्न सकेनन् । यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४२.१ ओभरमा सबै विकेट गुमाएर २०९ रन जोडेको थियो । सुदूरपश्चिमका नारायण जोशीले अर्धशतक प्रहार गरेका थिए । जोशीले ६८ बलमा ७५ रन जोडे । यसैगरी दिपक बोहोराले ४०, अभिषेक पालले ३९ र अशोक धामीले १७ रन बनाए ।

बागमतीका सन्दीप लामिछाने र प्रतिश जिसीले समान चार/चार विकेट लिए भने रिजन ढकाल र सोनु देवकोटाले एक एक विकेट हात पारे । जितसँगै सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सुदूरपश्चिमले ६ खेलमा पाँच जितसहित १० अंक जोडेको छ । समान खेल खेलेको बागमती भने चार अंकसहित आठौं स्थानमा छ ।

आइतबार, चैत २२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.