• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा सरकार फेरबदलको कसरतमा नेकपा र एमाले

धनगढी, १७ चैत  /  सुदूरपश्चिममा एमालेको समर्थनमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ । २०८१ साउनदेखि कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । सरकारमा मुख्यमन्त्रीसँगै दुई राज्यमन्त्री र दुई मन्त्री कांग्रेसले पाएको छ । यस्तै, नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री प्रदेश सरकारमा छन् । १२ चैतमा भने प्रदेशमा नौलो अभ्यास भयो । नेकपा एमालेले प्रदेशको मन्त्रिपरिषद् बैठक नै बहिष्कार गरिदियो । एमालेका तर्फबाट प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिलामन्त्री हीराबहादुर सार्की र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा बैठकमै सहभागी भएनन् । एमाले मन्त्रीहरूले मन्त्रिपरिषद् बैठक नै बहिष्कार गरेपछि सत्तारुढ कांग्रेस र एमालेबीच मतभेद रहेको स्पष्ट भयो ।

मुख्यमन्त्रीसहित कांग्रेसका मन्त्रीहरूले एमालेले बहिष्कार गरेको बैठकबाटै विभिन्न अस्पताल विकास समितिमा पदाधिकारी नियुक्तिको निर्णयहरू गरे । सत्ता साझेदार दललाई बाहिर राखेर नियुक्तिका निर्णय गरेपछि प्रदेशमा सरकार फेरबदलको चर्चा चुलिएको थियो । ‘मुख्यमन्त्री शाहले जाँदाजाँदै कांग्रेस कार्यकर्तालाई भर्ती गरिहेका छन्, भनेर प्रदेशको राजनीतिक वृत्तमा चर्चा भएको थियो । एमाले मन्त्रीहरू मन्त्रिपरिषद् बैठक बहिष्कार गर्ने तहसम्म पुग्नुको कारणबारे पनि चर्चा भयो । दलनेता राजेन्द्रसिंह रावलले कांग्रेससँग गरेको भागवण्डामा देखिएको असहमतिकै कारण एमाले मन्त्रीले मन्त्रिपरिषद् बैठक बहिष्कार गरेको बताइएको छ ।

एमालेका कतिपय मन्त्रीले आफूनिकटलाई अस्पताल विकास समितिमा नियुक्ति दिन खोजेका थिए । तर, दलनेता रावल भागवण्डाको सूची खल्तीमा बोकेर सम्पर्कविहीन भइदिए । ‘हामीहरूसँग त दल नेताले छलफल नगरेको पनि महिनौँ भइसकेको छ,’ एमालेका एक सांसदले भने । एमाले सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक चक्र मल्लले पनि दलनेता रावलसँग लामो समयदेखि छलफल हुन नसकेको स्वीकार गरे । ‘असोजदेखि दलको बैठक पनि बस्न सकेको छैन,’ उनले भने, ‘पार्टीको प्रदेश कमिटीले त रावललाई सम्पर्कमा ल्याइदिन भन्दै केन्द्रमा लिखित आग्रह नै गरेको छ ।’ एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशीले सकभर रावललाई सम्पर्कमा ल्याइदिन र त्यो सम्भव नभए दलनेता नै फेरिदिन अनुरोधसहित केन्द्रीय समितिलाई पत्र लेखेका थिए ।

कांग्रेसको नेतृत्वमा प्रदेश सरकारमा सहभागी एमालेका बहुमत सांसदहरू अहिले तीन रणनीतिमा देखिएका छन् । ‘सुरुमा त हामी दलनेता नै फेर्ने प्रयासमा छौँ,’ एमालेका एक सांसदले भने, ‘त्यो सम्भव भएपछि कांग्रेससँग भएको आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयनतर्फ लाग्छौँ ।’ प्रमुख सचेतक मल्लले पनि २०८१ साउनमा एमाले र कांग्रेसबीच गठबन्धन हुँदा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको दाबी गरे । अर्कोतर्फ, नेपाली कम्युनिस्ट पार्टीसँग मिलीजुली सरकार चलाउने कसरतमा पनि कतिपय एमाले सांसद छन् ।

सहमतिअनुसार कांग्रेसले सत्ता हस्तान्तरण गरेन भने नेकपासँग मिलेर सरकार चलाउने गरी प्रदेश तहमा पनि छलफल अगाडि बढाइएको हो । २१ फागुनको निर्वाचन परिणामपछि पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावलले पनि आफ्ना दलका नेता–कार्यकर्तासँग छलफल गर्दा सोही संकेत गरेका थिए । ‘कांग्रेससँगको सहकार्यको औचित्य लगभग समाप्त भइसकेको छ,’ रावलले छलफलमा भनेका थिए । दलनेता रावल भने धेरै दिनदेखि प्रदेश राजधानीमा छैनन् । उनी उपचारका लागि भन्दै भारतमा रहेको बताइएको छ ।

एमाले र कांग्रेसबीचको गठबन्धन धेरै समय नचल्ने निष्कर्षमा रहेको नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० पनि कांग्रेस नेतृत्वको सरकारमाथि दबाब बढाइरहेको छ । ५३ सदस्यीय प्रदेशसभामा नागरिक उन्मुक्ति, माओवादी केन्द्र र एकीकृत समाजवादीसँगको मिलनपछि नेकपा सबैभन्दा ठूलो दल बनेको छ । उसका २० प्रदेशसभा सदस्य छन् । नेकपाकै एक प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारी भने निलम्बनमा छन् । एमालेका १० सांसदलाई सहमतिमा ल्याएर मुख्यमन्त्री बन्ने कसरतमा नेकपा संसदीय दलका नेता खगराज भट्ट छन् । भट्टले पछिल्लो एक महिनामा दुईपटक पत्रकार सम्मेलन नै गरेर उनले मुख्यमन्त्री शाहमाथि दबाब बढाएका छन् । शाह नेतृत्वको सरकार चिर निद्रामा रहेको टिप्पणी भट्टले गर्दै आएका छन् ।

‘प्रदेश सरकारका गतिविधि ठीक छैनन्,’ भट्टले भने, ‘सरकारलाई खबरदारी गर्न एक सातामा प्रदेशसभा बैठक बोलाउन अल्टिमेटमा पनि दिएका थियौँ । तर, त्यो अल्टिमेटमा सकिँदा पनि बैठक बोलाइएको छैन । हामी छिट्टै आगामी योजना सार्वजनिक गर्दैछौँ ।’ केन्द्रमा नेकपा र एमालेबीच एकताको सम्भावना पनि भएकाले शाह नेतृत्वको सरकारको आयु धेरै नभएको चर्चा पनि हुने गरेको छ । एमाले र नेकपा मिलनको सम्भावनालाई पनि नकार्न नसकिने भट्टले बताए ।

२०७९ सालको निर्वाचनमा कांग्रेस, तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । उक्त निर्वाचनमा मुख्यमन्त्री बन्ने आश्वासन पाएपछि तीन निर्वाचन डडेल्धुराबाट संघमा लडेका भट्ट प्रदेशमा उम्मेदवार बन्दै निर्वाचित भएका थिए । तर, निर्वाचनपछि कांग्रेससँगको गठबन्धन तोडेर तत्कालीन माओवादीले एमालेसँग सत्ता समीकरण गर्‍यो । सुदूरपश्चिम प्रदेश सरकार नेतृत्वको भाग एमालेलाई पर्‍यो, जसका कारण भट्ट मुख्यमन्त्री बन्न सकेनन् । अब उनी एमालेलाई सहमतिमा ल्याएर मुख्यमन्त्री बन्ने रणनीतिमा छन् ।

मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.