• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डडेल्धुरा अस्पतालमा चार जना विशेषज्ञ चिकित्सक आउने

धनगढी, १७ चैत /   डडेल्धुरा अस्पतालमा दरबन्दी भएका तर काजमा प्रदेश सरकार मातहतका अस्पतालममा खटिएका चार जना चिकित्सकको काज फिर्ता भएको छ। डडेल्धुरा अस्पतालमा विशेषज्ञ सेवाको उपलब्धता सुनिश्चित गर्न, लामो समयदेखि शक्तिको आडमा सुगममा बस्दै आएका चार जना चिकित्सकको काज फिर्ता गरिएको हो।

आम सर्वसाधारणले आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार पाउने वातावरण निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको काज फिर्ता गरेको जनाएको छ। मन्त्रालयले पहिलो चरणमा डडेल्धुरा, वीरगंज र सप्तरीका अस्पतालहरूलाई प्राथमिकतामा राखेर काज फिर्ताको निर्णय गरेको छ।

डडेल्धुरा अस्पतालमा चार जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन्। नारायणी अस्पताल वीरगंजमा ५ जना र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा ५ जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन्।

डडेल्धुरा अस्पताल काज फिर्ता हुनेमा मेडिकल सुपरिटेण्डेण्ट (अधिकृत नवौँ) डा.सन्तोष कुमार गुप्ता छन्। उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश अन्तर्गतको अस्पतालमा काजमा कार्यरत थिए।

यस्तै,कन्सल्टेण्ट डर्माटोलोजिष्ट (अधिकृत नवौँ) डा.मिसन्ता शर्मा हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा कार्यरत रहेकोमा उनको काज डडेल्धुरा अस्पतालमा फिर्ता भएको छ।

यसैगरी कन्सल्टेण्ट सर्जन (अधिकृत नवौँ) डा. नविन चन्द्र भट्ट र वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्ट (अधिकृत दशौँ) डा. सुयोग्य वाग्लेको डडेल्धुरा अस्पतालमा काज फिर्ता भएको छ।

दुर्गम जिल्लाका सङ्घीय अस्पतालमा दरबन्दी रहेका केही चिकित्सक काजमा सुगम जिल्लाका अस्पतालमा बस्दै आएका छन्। उनीहरूले राजनीतिक पहुँच र शक्तिको भरमा लामो समयसम्म प्रदेश सरकार मातहतका अस्पतालमा काम गर्दै आएका छन्।

प्रदेश मातहतका अस्पताल र स्वास्थ्य संस्थामा लामो समयसम्म बस्ने गरेका कारण दुर्गम जिल्लामा रहेका नागरिकले स्वास्थ्य उपचार नपाउने अवस्था रहेको भन्दै नयाँ मन्त्रीले सुगम जिल्लामा काजमा खटिएका चिकित्सकहरूको काज फिर्ता गर्न थालेको बताइएको छ।

मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.