धनगढी, ११ चैत / बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नं. ४ बरायल (चाडि) निवासी जमुना महरा क्यान्सरबाट पीडित भएपछि उनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। मान सिंह महराकी आमा जमुना महराको हाल भारतको चण्डीगढस्थित PGI अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ। चिकित्सकको सल्लाह अनुसार उनलाई लामो उपचार प्रक्रिया आवश्यक पर्ने बताइएको छ।
परिवारका अनुसार जमुना महरालाई कुल १७ पटक किमोथेरापी गर्नुपर्नेछ। जसमा सुरुका ८ पटक किमोथेरापीपछि शल्यक्रिया (अपरेशन) गरिने र त्यसपछि थप ९ पटक किमोथेरापी गरिनेछ। एक पटक किमोथेरापीका लागि करिब २५ हजारदेखि ३० हजार भारतीय रुपैयाँसम्म खर्च लाग्ने बताइएको छ।
हालसम्म परिवारले आफूसँग भएको सम्पूर्ण रकम उपचारमा खर्च गरिसकेको र अब थप उपचारका लागि ठूलो रकम आवश्यक परेको जनाएको छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचारलाई निरन्तरता दिन कठिन भएको परिवारको भनाइ छ।
यस्तो अवस्थामा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी, इष्टमित्र तथा सहयोगी मनहरुलाई सहयोगका लागि पीडितले अपिल गरेका छन्। सानो सहयोगले पनि ठूलो राहत पुग्ने र बिरामीको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास परिवारले व्यक्त गरेको छ।
सहयोगको लागि तल स्क्यान रहेको छ:-
भारतको लागि राम सिह महरा Google pay 8360849325
नेपालको लागि मान सिह महरा
