• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेशमा क्षयरोगको अवस्था: पहाडी जिल्लामा अधिक चुनौती

धनगढी, १० चैत / सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणको अवस्था अझै चुनौतीपूर्ण देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार जिल्लागत रूपमा लक्ष्य र उपलब्धिबीच उल्लेख्य अन्तर देखिएको छ भने केही जिल्लाले भने उल्लेखनीय सुधार गरेका छन्।

प्रस्तुत तथ्यांकअनुसार प्रदेशभर कुल ६ हजार ५० जनालाई लक्ष्य निर्धारण गरिएकामा ३ हजार ६ सय भन्दा केही बढी  जनामा मात्र उपचार उपलब्धि भएको देखिन्छ, जसले समग्र उपलब्धि करिब ६० प्रतिशत मात्रै रहेको संकेत गर्छ। यसले प्रदेशमा अझै ठूलो संख्यामा क्षयरोगी पहिचान र उपचारबाहिर रहेको देखाउँछ।

जिल्लागत रूपमा हेर्दा कैलाली र कञ्चनपुरले सबैभन्दा राम्रो उपलब्धि हासिल गरेका छन्। कैलालीमा २ हजार ६४ जनाको लक्ष्यमध्ये १ हजार ५ सय १३ जनामा उपचार पुग्दा ७३ प्रतिशत उपलब्धि हासिल भएको छ भने कञ्चनपुरमा १ हजार १ सय ७३ लक्ष्यमा ९ सय ४२ जनाको उपचार हुँदै ८० प्रतिशत उपलब्धि देखिएको छ। यी दुई जिल्लाले अन्य जिल्लाको तुलनामा सन्तोषजनक प्रगति गरेका छन्।

यता पहाडी जिल्लाहरूमा भने अवस्था कमजोर देखिएको छ। बाजुरामा ३१० लक्ष्यमा १४१ मात्र उपचार भई ४५ प्रतिशत उपलब्धि भएको छ भने डडेलधुरामा २९९ लक्ष्यमा ११२ मात्र उपचार भई ४७ प्रतिशत उपलब्धि देखिएको छ।

त्यस्तै बैतडी (३८ प्रतिशत), अछाम (४० प्रतिशत) र दार्चुला (५९ प्रतिशत) मा पनि उपलब्धि न्यून रहेको छ। बझाङमा पनि ४१ प्रतिशत उपलब्धि देखिएको छ । यसैले लक्ष्यअनुसार अझै सुधार हुन भने पहाडी जिल्लामा धेरै चुनौती देखिएको छ।

समग्रमा अधिकांश जिल्लामा ५० प्रतिशतभन्दा कम उपलब्धि देखिनुले क्षयरोग नियन्त्रण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको संकेत गर्छ।

स्वास्थ्यकर्मीका अनुसार समयमै पहिचान, जनचेतना अभाव, दुर्गम भूगोल र स्वास्थ्य सेवामा पहुँचको कमीले लक्ष्य प्राप्तिमा बाधा पुगेको छ। यस अवस्थामा समुदायस्तरमै सक्रिय खोज, नियमित परीक्षण र उपचार प्रणालीलाई अझ सुदृढ बनाउने आवश्यकता देखिएको छ।

प्रदेशमा क्षयरोग उन्मूलनको लक्ष्य हासिल गर्न स्थानीय तह, स्वास्थ्य संस्था र सरोकारवाला निकायबीच समन्वय बढाउनुका साथै उच्च जोखिम समूहमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ।

आज विश्वभर विश्व क्षयरोग दिवस मनाइँदैछ। ‘हो; हामी क्षयरोग अन्त गर्छौं ; राष्ट्रिय अभियान, हाम्रो योगदान‌’ । भन्ने मूल नाराका साथ आज नेपालमा पनि क्षयरोग मनाइँदैछ।

मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.