• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

युवा उद्यमी मञ्च कैलालीद्धारा ईन्टर च्याप्टर रिट्रिट कार्यक्रम आयोजना

धनगढी, ०८ चैत / कैलालीको धनगढीमा ईन्टर च्याप्टर रिट्रिट कार्यक्रम आयोजना गरिएको छ । नेपाली युवा उद्यमी मञ्च कैलालीको आयोजनामा भएको ईन्टर च्याप्टर रिट्रिट कार्यक्रममा विभिन्न च्याप्टरका पदाधिकारी र सदस्यहरु गरी एक सयभन्दा बढीको सहभागीता रहेको थियो । सुन्दर सुदुरपश्चिममा रमाउनुका साथै सम्भावना खोज्ने र लगानी गर्ने वातावरण निर्माण होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा सुदूरपश्चिममा लगानीको सम्भावना बिषयक कार्यपत्र नेपाली युवा उद्यमी मञ्च कैलालीका पुर्व अध्यक्ष ईन्जिनियर रोशन भट्ट र सुदुरपश्चिमको पर्यटन सम्भावना बिषयक कार्यपत्र नाटा सुदुरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले प्रस्तुत गरेका थिए । सो कार्यपत्रहरुमा सुदुरपश्चिममा लगानी गर्न ईच्छुक युवा उद्यमी तथा युवा व्यवसायीहरुलाई लगानी क्षेत्रको बारेमा विस्तृत जानकारी दिईएको थियो ।

नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहालको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले व्यवसायिक रुपमा यसक्षेत्रमा रहेका सम्भावनाहरुका साथै व्यवसायिक अनुभव तथा स्थानीय तहले लगानी भित्र्याउनका लागि खेल्न सक्ने भुमिकाको बिषयमा मन्तव्य व्यक्त गरेका थिए । नेपाली युवा उद्यमी मञ्च कैलालीका फस्ट भिपी आयुष हमालले स्वागत गरेको कार्यक्रममा च्याप्टरहरुको तर्फबाट सुर्खेत च्याप्टरका अध्यक्ष कमल सुवेदीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पोखरा च्याप्टरका अध्यक्ष समेज राजभण्डारी, रुपन्देही च्याप्टरका अध्यक्ष आदर्श श्रेष्ठ, सुर्खेत च्याप्टरका अध्यक्ष कमल सुवेदी, कञ्चनपुर च्याप्टरका अध्यक्ष रेशम भट्ट, नेपालगंज च्याप्टरका सदस्य सिद्धान्त जसरोटिया लगायत विभिन्न च्याप्टरका पदाधिकारी र सदस्यहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा भुवा नाच, सखिया तथा लठ्ठी नाचहरुको सांस्कृतिक प्रस्तुतीहरुसँगै यहाँका चौधरी थारु समुदायका विभिन्न परिकारहरुका साथै सुदुरपश्चिमका परिकारहरु समेत सहभागीहरुलाई खुवाईएको थियो ।

आइतबार, चैत ०८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.