• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रकृतिको पुजा गर्दै रोगव्याधिबाट बच्ने कामनासहित थारु गाउँमा भजहर पूजा (भिडियो सहित)

धनगढी ५ चैत/प्रकृतिपूजक थारू समुदायमा रोगव्याधि नलागोस् भन्ने कामनासहित धनगढी ६ जालीका स्थानीयले भजहर पूजा गरेका छन् । उनीहरुले आफ्नो परम्परा अझै पनि जीवित र प्रचलित राखेका छन् ।
गाउँभन्दा केही टाढा, प्रकृतिको काखमा पुगेर गरिने यो पूजालाई बर्का भजहर वा चिरै भजहर भन्ने गरिन्छ। भजहरको दिन बिहानै गाउँका गुरुवामार्फत नवदुर्गाको पूजा गरिन्छ। त्यसपछि दिनभर महिलाहरू जंगल छेउमा भेला भएर सामूहिक रूपमा खानपिन गर्ने, रमाइलो गर्ने तथा आपसी कुराकानी गर्ने चलन छ। साँझपख मात्र सबैजना घर फर्किने परम्परा रहिआएको छ।

खेतीपातीको कामबाट केही फुर्सद मिल्ने गर्मीयाममा रुखको छहारीमुनि बसेर भजहर मनाउने चलन रहेको धनगढी ६ जाली गाँउका भलमन्सा दशिराम चौधरी (लक्की)ले जानकारी दिएका छन् । यस क्रममा गाउँका गुरुवाले गाउँघरमा रोगव्याधि नआओस्, बालबालिका सुखी रहून्, गाई, गोरु, भैँसीजस्ता पशुचौपायामा रोग नलागोस् तथा खेतीपातीमा किराको प्रकोप नहोस् भनी पूजा गर्ने परम्परा छ। विशेषगरी बालबालिका र घरपालुवा पशुहरूलाई रोगबाट जोगाउने विश्वासले यो पूजा गर्ने गरिएको हो।

जंगल छेउमा भेला भएर पूजा मनाइरहेका स्थानीय भलमन्सा दसिराम चौधरीका अनुसार प्रायः गहुँ, मसुरोलगायत बाली भित्र्याइसकेपछि गाउँभन्दा टाढा वनजंगल, बगैचा वा खुला स्थानमा महिलाहरू सामूहिक रूपमा भजहर मनाउने चलन छ। उनले भने, “भजहर पर्वले गाउँबस्तीबाट रोगव्याधि हट्ने, बालीनालीमा किराफट्याङ्ग्रा नलाग्ने र पशुचौपायाको सुरक्षाका लागि पूजा गरिने विश्वास रहिआएको छ।” उनका अनुसार भजहर मनाउने विधि र प्रक्रिया भने गाउँपिच्छे फरक-फरक हुने गरेको छ।

भजहरलाई पौराणिक कथासँग पनि जोडेर हेर्ने गरिन्छ। रामायणकालीन कथाअनुसार रावणको कब्जाबाट अयोध्या फर्किएपछि श्रीरामले गर्भवती सीतालाई पुनः वनवास पठाउँदा अयोध्यावासीले उनलाई घरबाहिर नै भोजन गराएका थिए। सोही घटनाको स्मरणस्वरूप थारू समुदायमा भजहर मनाउने परम्परा विकसित भएको अग्रजहरू बताउँछन्। समयसँगै यसमा दुर्गा पूजाको परम्परा पनि थपिँदै गएको छ। गर्मीयाममा रोग र महामारीको जोखिम बढ्ने भएकाले माता सीता र दुर्गाको आराधना गर्दै भजहर मनाउने गरिन्छ। थारु अगुवा कालिराम चौधरीका अनुसार भजहर केवल धार्मिक मात्र नभई सामाजिक महत्व बोकेको पर्व पनि हो। “यो पर्वले समुदायमा एकता, सद्भाव र परम्पराको संरक्षणमा ठूलो भूमिका खेल्छ,” उनले बताए।

भजहरमा विशेषगरी महिलाहरूको सक्रिय सहभागिता रहन्छ। स्थानीय कान्छी थारुका अनुसार दैनिक घरधन्दा र खेतीपातीमा व्यस्त महिलाहरूलाई स्वतन्त्र रूपमा भेला हुने, रमाउने र दुःख-सुख साट्ने अवसर भजहरले प्रदान गर्छ। “महिलालाई खुशी राख्न सके परिवार र समाज नै सुखी हुन्छ भन्ने विश्वास पनि यससँग जोडिएको छ,” उनले भनिन्।

परम्परा, विश्वास र सामूहिकताको सुन्दर संगमका रूपमा रहेको भजहर पूजा थारू समुदायको मौलिक सांस्कृतिक पहिचान हो। रोगव्याधिबाट बच्ने कामनासँगै सामाजिक एकता, आपसी सद्भाव र महिलाहरूको सशक्त सहभागितालाई बलियो बनाउने यो परम्परा आधुनिक समयमै पनि उत्तिकै सान्दर्भिक र जीवन्त रूपमा अघि बढिरहेको थारु समुदायका अगुवाले बताएका छन् ।

(भिडियो )

बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.